Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

वीरगन्जका मेयर विजय सरावगी एमाले प्रवेश, वडा नं १४ का अध्यक्ष भरत कुर्मी र वडा नं २५ का अध्यक्ष विश्वराज राउत कुर्मी पनि एमालेमा प्रवेश

फाल्गुन २८, २०७८  पर्सा — वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी जनता समाजवादी पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् ।  वीर...

फाल्गुन २८, २०७८ 

पर्सा — वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी जनता समाजवादी पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् । 
वीरगन्जको प्रसौनीविर्तामा शनिबार आयोजित कार्यक्रममा सरावगीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए । त्यसअघि उद्योगी व्यवसायीको मात्र पहिचान बनाएका सरावगी वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष भएका थिए ।

मधेस आन्दोलनताका अचानक राजनीतिमा सक्रिय भएर तत्कालीन संघीय समाजवादी फोरममा प्रवेशसँगै वीरगन्ज महानगरको मेयर चुनिएका थिए । पछि जसपाका अर्का नेता तथा संघीय सांसद प्रदीप यादवसँग बढ्दो दुरीका कारण उनी जसपामा केही निष्क्रिय भएका थिए ।

दुई साताअघिसम्म उनी नेपाली कांग्रेसमा प्रवेश गर्ने चर्चा चलेको थियो । कांग्रेसका स्थानीय नेताहरुसँग उनको उठबसको चर्चा सामाजिक सन्जालमा छताछूल्ल भएको थियो । तर, कांग्रेसमा प्रवेश गरे पनि मेयरको टिकट पाउने सम्भावना कम भएपछि उनी एमालेमा प्रवेश गरेको अनुमान गरिएको छ ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै मेयर सरावगीले आफू एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीको व्यक्तित्वबाट पहिलेदेखि प्रभावित रहेको बताए । उनले जसपामा अहिले पनि जातिवादकै राजनीति भइ रहेकाले जातिवादको राजनीति गर्ने पार्टी कहिल्यै पनि राष्ट्रिय पार्टी हुन नसक्ने बताए । उनले एमाले नै राष्ट्रिय पार्टी हुन सक्ने बताए । सरावगीले मन्चबाटै पूर्वमन्त्री मोती दुगडले अध्यक्ष ओलीसँग आफ्नो भेट गराएपछि एमाले प्रवेश गरेको पनि सार्वजनिक गरे ।

सरावगीसँगै वीरगन्ज महानगरपालिका गरेका छन् । उनीहरु पनि तत्कालीन संघीय समाजवादी फोरम पार्टीबाट पार्टी अध्यक्ष चुनिएका थिए ।

यसैगरी, नेकपा माओवादीका पूर्वकेन्द्रीय सदस्य बाबुराम कौशिक पनि सोही समारोहमा एमालेमा प्रवेश गरेका छन् । समारोहमा संक्षिप्त धारणा राख्दै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री हुँदा तराईमा हुलाकी सडक तथा सिँचाईको थुप्रै काम अघि बढाएको बताए । उनले तराईमा रहेको नागरिकताको समस्याको समाधान पनि एमालेले नै गर्ने दाबीसमेत गरे ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content