कलैयामा एक आपसमा मोटरसाइकल ठोकिदा ५ जना घाइते
कलैया, बारा । कलैयामा सवारी दुर्घटनामा परी ५ जना घाइते भएका छन् । कलैया बिरगंज सडक खण्ड अन्तर्गत बालमन्दिर अगाडि आज बिहान एक आपसमा मोटरसाइकल ठोकिँदा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
कलैया बाट बिरगंज तर्फ जादै गरेको बा १७९९ नम्बरको मोटरसाइकल र सोही दिशा तर्फ प्र-०२-०२१ प .९७९५ नम्बर को मोटरसाइकल एक आपसमा ठोकिदा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परी कलैया उपमहानगरपालिका वडा नम्बर १८ बस्ने मोटरसाइकल चालक पवन गुप्ता र उनका श्रीमति निभा पटेल रहेका छन् । त्यस्तै अर्का मोटरसाइकल का चालक फेटा गाउँपालिका वडा नम्बर १ बस्ने प्रदीप कुमार दास , सोही ठाउँ बस्ने राम बिनय दास र रोहित कुमार दास रहेका छन् ।
दुर्घटनामा परी घाइते भएका सबै लाई प्रादेशिक अस्पताल कलैया र बिरगंज स्थित तराई अस्पताल मा उपचार भैरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
प्रतिक्रिया