बारा प्रहरी द्रारा अवैध घरेलु मदिरा भट्टी नष्ट
कलैया , बारा । चैत ०९ गते ।
बारामा अवैध रुपमा सञ्चालित ६ वटा मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । बुधबार जितपुरसिमरा उ.म.न.पा.३ रामबन स्थितमा अवैध रुपमा सञ्चालित घरेलु मदिरा भट्टी नष्ट गरेको हो ।
प्रहरी टोली खटि मदिरा भट्टी नष्ट गरेको हो।
त्यसक्रममा तयारी घरेलु मदिरा २००० लिटर मदिरा सोहि स्थानमा नै नष्ट गरीएको,६ थान प्लास्टिकको ड्रम ऐ.स्थानमा नै फुटाई
बनाउन राखिएको कच्चा पदार्थसमेत नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।
प्रतिक्रिया