दिपेन्द्र जयसवाल,बारा
चैत्र ९ गते ।
बारागढी गाउँपालिकाको आठौँ गाउँ सभा तथा हिउँदे अधिवेशन सम्पन्न
बाराको बारागढी गाउँपालिका खोपवा बाराको आयोजनामा आज गाउँपालिकाको सभाहलमा गाउँपालिकाको आठौँ गाउँ सभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाको अध्यक्ष देवदत्त बछाड थारूको अध्यक्षतामा भएको सो आठौँ विशेष गाउँ सभा तथा हिउँदे अधिवेशनमा गाउँपालिकाको उपाध्यक्ष लक्ष्मी देवी राय,प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरी, शाखा अधिकृत महेश कुमार ठाकुर,वडा नं.१ को वडा अध्यक्ष सुरेश प्रसाद चौधरी, वडा नं.२ को वडा अध्यक्ष कृष्ण प्रसाद चौधरी, वडा नं.३ को वडा अध्यक्ष छठुराउत अहिर, वडा नं.४ को वडा अध्यक्ष रामकृपाल चौधरी, वडा नं.५ को वडा अध्यक्ष मनेजर चौधरी, वडा नं.६ को वडा अध्यक्ष निरज कुमार साह,गाउँकार्यपालिका सदस्य जोगिन्द्र साह कानु,गाउँपालिकामा कार्यरत विभिन्न शाखाका शाखा प्रमुखहरू,अछेलाल राम,वडा सदस्य,वडा सचिव,स्थानिय समाजसेवी,बुद्धिजीवी,राजनितिक दल लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । भने कार्यक्रमको सञ्चालन लेखा अधिकृत अजय चौधरीको रहेको थियो ।
प्रतिक्रिया