बारा काङ्ग्रेसको सभापतिमा राजेश राय यादव विजयी
सन्दिप प्रसाद यादव
कलैया , ३० फागुन । नेपाली काङ्ग्रेस बाराको सभापतिमा उम्मेदवार राजेश राय यादव विजयी भएका छन् ।
काङ्ग्रेस बाराको १४ अधिवेशनअन्तर्गत जिल्लामा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको पदाधिकारी तर्फको अन्तिम मत परिणाम सार्वजनिक हुँदा राजेश राय यादव विजयी भएका हुन् ।
आइतबार भएको दोस्रो पटकको निर्वाचनमा सभापतिका उमेदवार शम्भु बहादुर बुढाथोकी भन्दा ५२ मत बढी ल्याएर यादव निर्वाचित भएको हो ।
प्रतिक्रिया