Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

घोडे मसान शितलपुर सिँचाई आयोजना ८ वर्षदेखि अलपत्र

बीरगंज  । पर्सा राष्ट्रिय निकुञ्जको अवरोधको कारण सुवर्णपुरमा सञ्चालित घोडे मसान शितलपुर सिँचाइ आयोजनाको काम ८ वर्षदेखि अलपत्र भएको छ ।  ठो...

बीरगंज  । पर्सा राष्ट्रिय निकुञ्जको अवरोधको कारण सुवर्णपुरमा सञ्चालित घोडे मसान शितलपुर सिँचाइ आयोजनाको काम ८ वर्षदेखि अलपत्र भएको छ । 

ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरका बासिन्दाको अगुवाइमा शितलपुर सिँचाइ उपभोक्ता समिति गठन गरी आर्थिक बर्ष २०७२÷०७३ मा सुरु गरिएको सिँचाइ आयोजनाको निर्माण कार्य पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनले इआइएका लागि अनुमति नदिँदा ठूलो रकम खर्च भइसकेर पनि परियोजना बीचमै अलपत्र परेको निर्माण समितिका अध्यक्ष तथा तत्कालीन सुवर्णपुर गाविसका अध्यक्ष जरी लामाले बताउनुभयो ।

निकुञ्जको कोर एरियामा यो सिँचाइ आयोजनाको मुहान पर्ने भएकाले निकुञ्जको सहयोग र अनुमति आवश्यक पर्न गएको र हालसम्म निकुञ्ज प्रशासनले कुनै निकास नदिँदा आफूहरू समस्यामा परेको लामाले बताउनुभयो । 

सुवर्णपुरमात्र नभई छिमेकी जिरा भवानी गाउँपालिकाको वडा नं १,२ र ५ को समेत गरी २ हजार १ सय हेक्टर खेतीयोग्य जग्गालाई सिञ्चित गर्न सक्ने यो सिँचाई आयोजनामा नेपाल सरकारबाट प्राप्त १ करोड ३६ लाख रुपैयाँ बजेट समेत खर्च भइसकेको लामाले बताउनुभयो ।

निकुञ्जको घोडे मसान खोलाबाट निकुञ्ज बाहिरसम्म २५ किमी लामो नहर ल्याएर २ वटा गाउँपालिकाको ठूलो भाग सिञ्चित गर्ने गृहकार्य सुरु भइसकेपछि निकुञ्ज प्रशासनको अनुमति नदिँदा समस्या भएको उपभोक्ता समितिका सचिव सूर्य कोइरालाले बताउनुभयो ।

यता पर्सा राष्ट्रिय निकुञ्जका प्रवक्ता एवम् सहायक वार्डेन सन्तोष भगतले घोरे मसान शितलपुर सिँचाई आयोजना र यसको प्रशासनिक कामबारे अहिले आफूहरूलाई कुनै जानकारी नभएको बताउनुभयो ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content