जनकपुर २७ माघ । बच्चा चोरेर भाग्दै गर्दा दुर्ई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका ६ का मो. अमिर राइनका ७ महिने छोरा मो. अखतर राइनलाई चोरी गरेर भाग्ने क्रममा दुर्ई महिला पक्राउ परेकी हुन् । पक्राउ पर्ने महिलाको पहिचान प्रहरीले खुलाएको छैन ।
जनकपुरको रेल्वे स्टेशन नजिक रहेको वडा प्रहरी कार्यालयको टोलीले बच्चा चोरेर भाग्ने महिलालाई पक्राउ गरेका छन् । प्रहरी इन्चार्ज मोहित यादवले पक्राउ परेकी महिलालाई आवश्यक कारबाईका लागि जिल्लामा बुझाएको जानकारी दिए ।
उनका अनुसार बच्चा सकुशल छन् । यो घटनाले जनकपुरमा बच्चा चोरीमा महिलाहरू संलग्न रहेको देखाएको छ । यसअघि पटक पटक बच्चा चोरहरू जनकपुरमा सक्रिय रहेको हल्ला चलेपनि कोही पक्राउ परेका थिएनन् ।
प्रतिक्रिया