Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

वीउवासंघको टोली छिन्नमस्ता वाहिनीको भ्रमणमा औद्योगिक टास्क फोर्स पुनबहाली माग

वीरगंज, १९ माघ । सशस्त्र प्रहरीको मधेश प्रदेशको छिन्नमस्ता वाहिनी मुख्यालयको वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य ...

वीरगंज, १९ माघ । सशस्त्र प्रहरीको मधेश प्रदेशको छिन्नमस्ता वाहिनी मुख्यालयको वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य डा.सुबोधकुमार गुप्ताको अध्यक्षतामा सङ्घका पूर्वअध्यक्ष, सङ्घका पदाधिकारी सहितको एक टोलीले अवलोकन भ्रमण गरेको छ ।
उक्त भ्रमणका क्रममा भ्रमण टोलीले सशस्त्र प्रहरीबल को सशस्त्र प्रहरी प्रधान कार्यालय, काठमाण्डौंमा हालै सम्पन्न २१ औ सशस्त्र प्रहरी दिवसको अवसरमा  छिननमस्ता वाहिनीले प्रधानमन्त्री शेरबहादुर देउवाबाट उत्कृष्ट वाहिनीको अवार्ड प्राप्त गरेकोमा वाहिनी प्रमुख सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायब महानिरीक्ष्Fक गणेशबहादुर ठाडा मगरलाई बधाई समेत ज्ञापन गरेको थियो । अवलोकनको क्रममा सशस्त्र प्रहरी प्रधान कार्यालयले सङ्घका अध्यक्ष डा.सुबोधकुमार गुप्तालाई समेत सम्मान पत्र प्रदान गरी सम्मान गरेकोे थियो ।
सोही अवसरमा सङ्घका अध्यक्ष डा. गुप्ताले पर्सा तथा बारा जिल्लामा अवस्थित वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरको हालको अवस्था वारे अवगत गराउँदै विगतमा यस औद्योगिक कोरिडोरको शान्ति सुरक्षा हेतु सशस्त प्रहरीको एक टोली औद्योगिक टास्क फोर्सका रूपमा कार्यरत रही कोरिडोरको शान्ति सुरक्षा तथा अमन चैनको वातावरण बनाई राख्नु उतकृष्ट काम गरि रहेको र अहिले सरकारले उक्त टास्क फोर्सलाई हटाइएको र हटाएको टास्क फोर्सलाई पुनः बहाल गरी औद्योगिक कोरिडोरको शान्ति सुरक्षालाई पुनः निरन्तरताका लागि डिआईजी ठाडा मगरको ध्यानाकर्षण गराउनु भएको थियो ।
नायब महानिरीक्ष्Fकले भ्रमण टोलीको स्वागतका साथै आभार व्यक्त गर्दे वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरको शान्ति सुरक्षा हेतु आफु तत्पर रहेको बताउनु भएको थियो भने, टास्क फोर्स पुनः गठनका लागि आवश्यक सल्लाह सुझाव हेतु मधेश प्रदेश छिननमस्ता वाहिनी सदैव साथमा रहने बताउनु भएको थियो । 
भ्रमण टोलीमा सङ्घका पूर्वअध्यक्ष अशोककुमार टेमानी, अशोककुमार बैध, निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य गोपाल केडिया, सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष द्वय हरि गौतम, माधव राजपाल सङ्घका सचिव अरविन्द्र अमात्य, सह–कोषाध्यक्ष प्रेम चन्द्र गोयलको सहभागीता रहेको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content