
बीरगंज । बीरगंज क्षेत्रमा विद्युत् आपूर्तिलाई सहज बनाउन नेपाल विद्युत् प्राधिकरण वीरगज वितरण केन्द्रले परवानीपुर–वीरगंज ६६ केभि प्रसारण लाइनको पुरानो कण्डक्ट परिवर्तन गर्न लागेको छ ।
६६ केभिए प्रसारण लाइन अन्तरगत वीरगंज परवानीपुर खण्डमा १२ वटा कण्डक्ट परिवर्तन गर्नका लागि आज र भोलि विद्युत् लाइन काट्ने सूचना प्राधिकरणले सार्वजनिक गरेको भए पनि यस क्षेत्रमा ठुला औद्योगिक प्रतिष्ठान तथा उद्योग कलकारखाना रहेको हुँदा भारतको रक्सौल सव स्टेसनबाट विद्युत् लाइन लिएर आम उपभोक्तालाई वितरण गरिएको विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख जितेन्द्रकुमार झाले जानकारी दिनुभयो ।
रक्सौलबाट आपूर्ति भइरहेको विद्युतमा नियमित हुन नसक्ने हुँदा केही समय लाइन जान सक्ने समेत प्राधिकरणले जनाएको छ ।
उपभोक्ताहरूको हितलाई ध्यानमा राखी रक्सौलबाट विद्युत् लिएर वितरण गर्ने काम भइरहेको बताउँदै प्राधिकरण प्रमुख झाले १२ वटा कण्डक्ट फेरबदल गर्नुपर्नेमा आज र भोलि ६ वटा र अर्को हप्ता ६ वटा फेरबदल गरिने जानकारी दिनुभयो ।
प्रतिक्रिया