" माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने"
कलैया । माघ २६ गते ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको समयतालिका सार्वजनिक गरेको हो । एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले वैशाख ९ गतेदेखि एसईई सञ्चालन हुने जानकारी दिए ।
यस वर्ष एसईईमा ५ लाख ८ हजार परीक्षार्थी सहभागी हुने प्रारम्भिक अनुमान छ । नियमित तालिकाअनुसार चैतमा एसईई हुने गर्थ्यो ।
परीक्षा २० वैशाखमा सकिने छ । परीक्षाको विषयगत समयतालिका बिहीबार सार्वजनिक गरिने रायमाझीले बताए ।
कोरोनाले पठनपाठनमा असर गरेका कारण चैतभर कक्षा सञ्चालन गरेर वैशाख परीक्षा गर्न लागिएको हो । गत दुई वर्ष कोभिडका कारण आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रमाणीकरण गरिएको थियो ।
प्रतिक्रिया