अजय यादव वियोगी
कलैया ,बारा ।
"कलैया उपमहानगरपालिका वडा नम्बर -१२ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय धर्मनगरमा दिवा खाजाको रकम वितरण "
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर -१२ धर्मनगरमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालयमा दिवा खाजाको रकम वितरण भएको छ ।विधालयका प्रधानाध्यापक भरत प्रसाद केशरीको अध्यक्ष्ातामा भएको रकम वितरणमा कलैया उपमहानगरपालिका शिक्षा शाखाका विजय अधिकारीको विशेष उपस्थिति रहेको थियो ।यस्तै कलैया उपमहानगरपालिका वडा नम्बर -१२ का वडाध्यक्ष राजेश्वर केशरी ,युवा नेता उमेश केशरी लगायत समाजसेवी ,बुद्धिजीवी तथा विधालयका शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया