Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

मिडिया मैत्री नगर प्रमुखको रुपमा सरावगी सम्मानित

वीरगंज  । वीरगंज महानगरपालिकाका नगरप्रमुख विजय सरावगी मिडिया मैत्री नगर प्रमुखको रुपमा सम्मानित हुनुभएको छ ।  स्थानीय तहको सरकार प्रमुखको...

वीरगंज  । वीरगंज महानगरपालिकाका नगरप्रमुख विजय सरावगी मिडिया मैत्री नगर प्रमुखको रुपमा सम्मानित हुनुभएको छ । 

स्थानीय तहको सरकार प्रमुखको हैसियतमा सञ्चार माध्यमको विकास र प्रवर्द्धनका लागि बीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगीले खेलेको भूमिका उदाहरणीय रहेको भन्दै नेपाल टेलिभिजनको वार्षिक उत्सवको अवसरमा आज नगर प्रमुखको कार्यकक्षमै आएर टेलिभिजनको  इटहरी च्यानलको टोलीले उहाँलाई सम्मान गरेको हो ।

सम्मानित भएसँगै  नगर प्रमुख सरावगीले आफूले निर्वाचन जितेर स्थानीय सरकार प्रमुखको हैसियतमा गर्नुपर्ने काम मध्ये सञ्चार माध्यमहरूको विकास र प्रवर्द्धन पनि प्रमुख प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । 

उहाँले स्थानीय सरकारले गरेको विकास र समृद्धिमा सञ्चार माध्यमहरूको पनि महत्त्वपूर्ण भूमिका रहने कुरामा समेत जोड दिनुभयो । 

उहाँले सञ्चारमाध्यमले आफूबाट भएका गल्ती कमजोरीहरूलाई औँल्याई दिएर गल्ती सच्याउन भूमिका खेल्न आग्रह समेत गर्नुभएको छ । 

उहाँले आफ्नो कार्यकालमा भएका विकासका काम र गरिएको गल्ती कमीकमजोरी औँल्याउने काम पनि सञ्चार माध्यमले नै गर्ने भएकोले त्रुटिहरू सच्याउने मौका सञ्चार माध्यहरूले नै दिएर आफूले नगरवासीहरूको हितमा काम गर्न प्रेरित गरेको बताउनुभयो । 

उहाँले सञ्चार माध्यमहरूले महानगर र आफूले गरेको सकारात्मक कामको प्रशंसा र गुणगान मात्रै गाउने नभई भएका गरेका गल्ती कमी कमजोरीहरू औँल्याएर सच्याउने काममा पनि निरन्तर सहयोगको अपेक्षा राखेको बताउनुभयो । 

नेपाल टेलिभिजन इटहरी च्यानलका प्रमुख पुष्पहरी क्याम्पा राईले आज महानगर प्रमुख सरावगीलाई उहाँकै कार्यकक्षमा सम्मान पत्रसहित सम्मान गर्नुभएको थियो । 

महानगर प्रमुख सरावगीलाई सम्मान गर्दै इटहरी च्यानलका प्रमुख राईले देशभरिका स्थानीय तहहरू मध्ये वीरगन्ज महानगरपालिकाले सञ्चार क्षेत्रको विकासका लागि नमुना काम गरेको र सञ्चारमैत्री नगर प्रमुखको रुपमा भूमिका निर्वाह गरेको बताउनुभयो । 


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content