Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बीरगंजमा अस्पतालजन्य फोहोर व्यवस्थापन कार्य अलपत्र

बीरगंज  । जनशक्ति अभावको कारण उद्घाटन भएको दुई महिना बितिसक्दा पनि अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि बीरगंजमा निर्माण गरिएको ग्रिन हस्पि...

बीरगंज  । जनशक्ति अभावको कारण उद्घाटन भएको दुई महिना बितिसक्दा पनि अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि बीरगंजमा निर्माण गरिएको ग्रिन हस्पिटल वेस्ट म्यानेजमेन्ट सेन्टर अझै सञ्चालन नहुँदा संक्रमित फोहोर व्यवस्थापन कार्य अलपत्र भएको छ । 

गत मङ्सिर २६ गते वीरगंज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले उक्त म्यानेजमेन्ट सेन्टरको उद्घाटन गर्नुभएको थियो । 

बीरगंज महानगरपालिका क्षेत्रका अस्पताल, क्लिनिक, प्रयोगशालालगायत अन्य स्वास्थ्य संस्थाबाट निस्किने संवेदनशील तथा संक्रमित फोहोरजन्य पर्दाथहरुको उचित व्यवस्थापनका लागि ल्यान्ड फिल्ड साइड परिसरभित्रै १२ कट्ठा क्षेत्रफलमा करिब ६ करोड २२ लाखको लागतमा ग्रिन हस्पिटल वेस्ट म्यानेजमेन्ट सेन्टरको निर्माण गरिएको थियो । तर हाल उक्त सेन्टरमा फोहोर सङ्कलन गरी  थुपार्नु बाहेक अन्य कुनै काम हुन सकेको छैन । 

थुपारिएको फोहरबाट प्लास्टिकजन्य पदार्थ छुट्याउने मात्रै काम भइरहेको छ । 

स्वास्थ्य संस्थाजन्य पर्दाथहरुको विसर्जनका लागि जडान गरिएको मेसिनहरू प्रयोग विहीन अवस्थामा छ । अस्पतालबाट दैनिक ५ मेट्रिक टनको हाराहारीमा फोहोर निस्कने गरेकोमा १ दशमलव ७ मेट्रिकटन टक्सिक अर्थात् (अति सङ्क्रामक) फोहोर निस्कने गरेको महानगरपालिकाको अध्ययनले देखाएको छ । ती फोहोरहरूमा बिक्री हुने प्लास्टिक तथा अन्य पर्दाथहरु छुट्याउदा पनि सतर्कता अपनाएको पाइँदैन । 

वीरगन्ज महानगरपालिकाका इन्जिनियर प्रकाश अधिकारीले जनशक्तिको अभावमा सेन्टर सञ्चालनमा ढिलाइ भएको भन्दै आगामी दुई हप्तामा सेन्टर सञ्चालनमा आउने बताउनुभयो । 


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content