
सर्लाही । सर्लाहीमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बागमती नगरपालिका वडा नं ८, खुजुरेचोकका अन्दाजी २५ वर्षका रामु महतो रहेको छ । शनिबार बिहान बागमती नगरपालिका–२, धरहरामा घर बनाउने काम गर्दै गर्दा एक महतोको करेन्ट लागेको थियो।
घरको छत ढलानको लागि फलामे डण्डी मिलाउने क्रममा करेन्ट लागेर महतोको ज्यान गएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका महतोलाई उपचारको लागि हरिवनस्थित जीवन अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रतिक्रिया