काठमाडाैँ,२७ माघ । काठमाडौंको दक्षिणकाली नगरपालिका-५ स्थित फर्पिङबाट चाँदीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ३ किलो चाँदीसहित काठमाडौं न्युरोड बस्ने भारत वेस्ट बङ्गाल घर भएका २६ वर्षीय पिण्टु मण्डललाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
बीरगन्जबाट काठमाडौं आउँदै गरेको ना.१ ज ६२५३ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार मण्डलले उक्त धातु लुकाई ल्याएको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनलाई उक्त धातुसहित आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रतिक्रिया