रौतहट,२७ माघ । रौतहटमा सवारी दुर्घटनामा परी एक जना पुरूषको मृत्यु भएको छ । नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा एक जना पुरूषको मृत्यु भएको हो ।
	बिहिवार विहान करिब साढे ४ बजेको समयमा गौर चन्द्रपुर सडक खण्डको जिन्गडिया चोक नजिकै पहिचान नखुलेको सवारी साधनले ठक्कररु दिएको थियो ।
	ठक्करबाट नाम थर, वतन नखुलेको अन्दाजी ५०–५२ वर्षका पुरूष घाइते भएका थिए । घाइते पुरूषको उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरूडाका प्रमुख डीएसपी श्रीराम भण्डारी बताए ।
	मृतकलाई पोस्टमार्टमको लागि गौर अस्पतालमा पठाईएको डीएसपी भण्डारीले बताए । ठक्कर दिएर भागेको सवारी साधनको खोजतलास भइरहेको छ ।
 
							     
							     
							     
							    


 
प्रतिक्रिया