Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

वीरगञ्जका विद्यालयमा भौतिक उपस्थितिमा पढाइ सुरु

२६ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा आजदेखि औपचारिक रुपमा विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालनमा आएका छन् । वीरगञ्ज महानगरपालि...

२६ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा आजदेखि औपचारिक रुपमा विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालनमा आएका छन् ।

वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले बुधबारदेखि विद्यालय सञ्चालनमा आएको जानकारी दिएको छ ।

वीरगञ्जमा कोरोना संक्रमणको दर घट्दै गएकोले विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णयमा पुगिएको नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।

यसअघि कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै पुस २८ गतेदेखि नै १२ वर्षमुनिका सबै विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन नगर्न महानगरपालिकाले सूचना जारी गरेको थियो । बाँकी विद्यार्थीहरुको हकमा माघ ७ गतेभित्र परीक्षा लिइसक्न निर्देशन गरिएको थियो ।

परीक्षा लिइसकेका विद्यालय माघ २८ गतेदेखि नै बन्द भएका थिए ।

सरकारले पनि माघ १५ गतेसम्म विद्यालय बन्द गर्न आह्वान गरेको थियो । त्यसपछि वीरगञ्जका निजी विद्यालयहरूले पठनपाठन सुरु गरेपनि सामुदायिक विद्यालयमा पठनपाठन हुन सकेको थिएन ।

मंगलबार नगरप्रमुख विजयकुमार सरावगीको अध्यक्षता तथा सामुदायिक माध्यमिक विद्यालय र आधारभूत विद्यालयका प्रधानाध्यापकहरू एवं प्याब्सन, एनप्याब्सनका प्रतिनिधिहरूको उपस्थितिमा बसेको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो ।

बुधबारदेखि वीरगञ्जका विद्यालयहरु भौतिक उपस्गितिमा नियमित पठनपाठनको क्रियाकलापलाई सञ्चालन गर्ने गराउने निर्णय भएको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्द लाल कर्णले जानकारी दिए ।

विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डहरू -मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, साबुन पानीले हात धुने, भौतिक दुरी कायम गर्ने, तापक्रम लिने आदि कार्य अनिवार्य रुपमा पालना गर्नुपर्ने उनको भनाइ छ । 'विद्यार्थीलाई दुवै मात्रा खोप लगाइसकेका विद्यालयलाई भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न भनेका छौं' उनले भने, 'खोप लगाउने क्रम जारी रहेकोले बाँकी विद्यालय फागुन १ गतेबाट सञ्चालनमा आउँछन् ।

महानगरपालिकामा विद्यार्थीका लागि कोभिड-१९ विरुद्धको मोर्डना खोप आउन ढिलाइ हुँदा पनि केही दिन विद्यालय प्रभावित बन्यो । खोप आइसकेपछि महानगरपालिका अन्तर्गतका विद्यालयमा माघ २० गतेदेखि नै विद्यार्थीलाई खोप लगाउने अभियान चलिरहेको छ ।

वडा नं १ देखि १६ सम्म माघ २०, २१ र २२ गते एक चरण १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीले खोप लगाइसकेका छन् भने वडा नं १७ देखि ३२ सम्म माघ २४ गतेदेखि खोप लगाउने कार्यक्रम सञ्चालनमा छ ।

माघ २२ गतेसम्म वीरगञ्जमा ११ हजार ७१७ जना विद्यार्थीले दुई मात्रा खोप लगाइसकेका छन् भने ३ हजार ४७९ जनाले पहिलो मात्रा खोप लिएको स्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख रितेश जयसवालले जानकारी दिए । महानगरमा विद्यार्थीका लागि ४० हजार मोर्डना खोप आएको थियो ।

मंगलबार बसेको बैठकले फागुन १४ गतेबाट तेस्रो मेयर कप शुरु गर्ने र पालिका स्तरमा हुने कक्षा ८ को परीक्षा चैत २४ गतेबाट सञ्चालन गर्ने निर्णयसमेत गरेको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।

यसअघि माघ ८ गतेदेखि सुरु गर्न लागिएको मेयर कप कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर स्थगित गरिएको थियो । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content