वीरगंज, ६ माघ ।
नेपाल विद्यार्थी संघ ठाराब क्याम्पस एकाइ समितिले पत्रकार सम्मेलन गरेर हरि खेतान बहुमुखी क्याम्पसविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।
बिहीवार नेपाल पत्रकार महासङ्घ, पर्सामा पत्रकार सम्मेलन गरी एकाइ समिति सभापति मनोजकुमार साहले ६ दिने आन्दोलनको घोषणा गरेको छ ।
माघ ७ गतेदेखि १२ गतेसम्म आन्दोलनको घोषणा गर्दै उनले एक घण्टा धर्ना, सञ्चालक समितिलाई ज्ञापन, राजनीतिक दलका अध्यक्षहरूलाई ज्ञापनपत्र दिने, हस्ताक्षर अभियान, प्रधानमन्त्री, शिक्ष्Fामन्त्री र प्रमुख जिल्ला अधिकारी आन्दोलनबारे अवगत गराउने बताएका छन ।
प्रतिक्रिया