Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

राम जन्मभूमिदेखि जानकी जन्मभूमिसम्म ४ लेन सडक बन्ने

जनकपुरधाम । भारत सरकारले रामायण सर्किट अन्तर्गत भारतको अयोध्यादेखि जनकपुरधामसम्म रामजानकी पथ अन्तर्गत ४ लेनको अन्तर्राष्ट्रिय सडक मार्गको न...

जनकपुरधाम । भारत सरकारले रामायण सर्किट अन्तर्गत भारतको अयोध्यादेखि जनकपुरधामसम्म रामजानकी पथ अन्तर्गत ४ लेनको अन्तर्राष्ट्रिय सडक मार्गको निर्माण गर्ने भएको छ । 

सडक मार्ग निर्माणका लागि केन्द्र सरकारले विहार सरकारलाई पत्राचार गरेको छ । उक्त सडक मार्गको २ सय ४० किलोमिटरमा अधिकांश भाग विहार तथा उत्तर प्रदेशमा रहेका छन् । नेपालको महोत्तरी जिल्लाको भिठामोड देखि जनकपुरधामसम्म २५ किलोमिटर क्षेत्र नेपाल तर्फ रहेको छ । 

नेपाल तर्फ करिब ४ लेनको सडक पहिला देखि नै भएपनि स्तरीय रहेको छैन । भारत सरकारले सडक निर्माण राष्ट्रिय सडक मार्गको मापदण्ड अनुसार निर्माण गर्ने भएपछि बलियो बन्ने विश्वास गरिइएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रामायण सर्किटको रुपमा विकास गर्नका लागि विभिन्न निर्देशन दिँदै आएपनि कार्यान्वयन पक्ष कमजोर रहेको आवाज उठ्दै आएको छ । जानकी पठको निर्माण प्रधानमन्त्री सडक निर्माण अन्तर्गत बन्ने भएको छ । 

यसको निर्माणले नेपाल भारत बीचको सम्बन्धलाई अझ बढी मजबुत बनाउने विश्वास रामायण सर्किटको क्षेत्रमा काम गर्दै आएका मिथिला अवध सांस्कृतिक संरक्षण परिषद्का उपाध्यक्ष सुनिल कुमार चौधरीले जानकारी दिनुभयो । 

भारत सरकारले विगतमा पनि धेरै घोषणाहरू गरे पनि हालसम्म कुनै कामकाज अगाडि नबढाएको बताउँदै चौधरीले यसलाई इमानदारिताका साथ कार्यान्वयनमा जोड दिएको खण्डमा दुवै देशका जनतालाई लाभ पुग्ने बताउनुभयो । 

सीतामढीवाट भिठामोडसम्म भारतीय भूमि नै भएकाले भारतीय रेलको विस्तार गर्दा पनि हुने बताउँदै उपाध्यक्ष चौधरीले लालु यादव विहारका मुख्यमन्त्री हुँदा त्यस विषयमा केही कामकाज पनि अगाडि बढेको बताउनुभयो । 


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content