Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

नेतृत्व चयनमा सहमति नजुटेपछि एमाले पर्साको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित

वीरगंज । नेतृत्व चयनमा सहमति नजुटेपछि नेकपा एमाले पर्साको आठौँ जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ ।  वीरगञ्जमा मङ्गलवार देखि...

वीरगंज । नेतृत्व चयनमा सहमति नजुटेपछि नेकपा एमाले पर्साको आठौँ जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । 

वीरगञ्जमा मङ्गलवार देखि शुरु भएको अधिवेशनको उद्घाटन नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गर्नु भएको थियो । 

उद्घाटन पछि मङ्गलवार राति नै शुरु भएको  बन्दसत्रमा सहमतिको आधारमा नेतृत्व चयन गर्ने अध्यक्ष मण्डलले राखेको प्रस्तावलाई जिल्ला अधिवेशनका प्रतिनिधिहरूले अस्वीकार गरेपछि अर्को सूचना जारी नभसम्मका लागि अधिवेशन स्थगित गरिएको नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजराले बताउनुभयो । 

मङ्गलवार राति नै बन्दसत्रमा अध्यक्ष प्रभु हजराले प्रस्तुत गर्नु भएको राजनैतिक प्रतिवेदन, सचिव मनोज गुप्ताले प्रस्तुत गर्नु भएको साङ्गठनिक प्रतिवेदन र सन्तोष पासवानले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन संशोधन सहित पारित भएको थियो । 

त्यसपछि अध्यक्ष मण्डलका अध्यक्ष प्रभु हजराले सहमतिको आधारमा सर्वसम्मतिले पदाधिकारी र सदस्य चयन गर्न अधिकार अध्यक्ष मण्डललाई दिन प्रतिनिधिहरू बिच प्रस्ताव राख्नु भएको थियो । अधिकांश सहभागीहरूले अध्यक्ष मण्डललाई अधिकार न दिने आन्तरिक निर्वाचनबाट पदाधिकारी र सदस्यहरु चयन गर्नु पर्ने भन्दै अध्यक्ष मण्डलको प्रस्तावको बिरोध गर्दै सहमतिको आधारमा नेतृत्व चयन हुन नसक्ने अवस्था सृजना भएपछि अनिश्चितका लागि अधिवेशन स्थगित भएको थियो । 

उद्घाटन र बन्द सत्रमा जिल्ला भरीबाट ७ सय ८५ प्रतिनिधि सहभागिता रहेको थियो । मङ्गलवार राति अध्यक्ष मण्डलका अध्यक्ष र सदस्यहरु बन्दसत्र हलबाट बाहिर निस्किन लाग्दा प्रतिनिधिहरूले प्रदर्शन गर्दै उनीहरूलाई अवरोध पनि गरेका थिए । त्यसपछि अध्यक्ष मण्डलका अध्यक्ष हजराले सूचना टाँस गरेर अधिवेशन अर्को सूचना नभसम्मका लागि स्थगित गरिएको घोषणा गर्नु भएको थियो । 

एमाले पर्साको अध्यक्षका लागि पूर्वसांसद विचारी यादव, जिल्ला सचिव मनोज गुप्ता, संविधानसभा सदस्य जय प्रकाश थारु, महानगर कमिटी सचिव सुन्दर कुर्मी, नेताहरू विश्वम्भर शर्मा र नवराज शर्मा गरी ६ जना आकाङ्क्षी रहनु भएको छ । बन्द सत्रमा प्रदेश इन्चार्ज रघुवीर महासेठ र सह इन्चार्ज सुशील प्याकुरेलको समेत उपस्थिति रहेको थियो ।  


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content