Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

"बाराका पत्रकारहरुसँग नयाँ प्रहरी उपरीक्षक दिलिप सिँह देउवाले गरे अन्तरक्रिया ,शान्ति ,सुरक्षा मजबुत बनाउन पत्रकारहरुले दिए सल्लाह"

 अजय यादव वियोगी  कलैया ,बारा । "बाराका पत्रकारहरुसँग नयाँ प्रहरी उपरीक्षक दिलिप सिँह देउवाले गरे अन्तरक्रिया ,शान्ति ,सुरक्षा मजबुत बन...

 अजय यादव वियोगी 

कलैया ,बारा ।




"बाराका पत्रकारहरुसँग नयाँ प्रहरी उपरीक्षक दिलिप सिँह देउवाले गरे अन्तरक्रिया ,शान्ति ,सुरक्षा मजबुत बनाउन पत्रकारहरुले दिए सल्लाह" 

जिल्लामा अाउने सबै प्रहरी उपरीक्षकले सबै सरोकारवालाहरुसँग  अन्तरक्रिया गर्ने गरेका छन् ।अाज त्यस्तै नै बारामा नयाँ प्रहरी उपरीक्षकको रुपमा जिल्ला प्रहरी कार्यालय बारामा अाउनु भएका दिलिप सिँह देउवाले   बाराका पत्रकारहरुसँग अन्तरक्रिया गरेका छन् ।यहीँ पुस २९ गते हाजिर भई कामकाज सम्हालेका प्रहरी उपरीक्षक देउवाले पत्रकारहरुसँग बाराको अवस्थाको बारेमा जानकारी लिएका छन् ।बाराको अवस्था  के कस्तो छ ,बाराबासीको समस्या के छ ,अाउने दिनमा जिल्ला प्रहरी कार्यालय बाराले के कस्ता रणनीति अपनाए जिल्लाबासीलाई अमन चयन बनाउनको लागि पत्रकारहरुसँग अन्तरक्रिया गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवम् प्रहरी उपरीक्षक दिलिप सिँह देउवाले बताउनुभयो।पहिला पत्रकारहरुसँग नै चिनजान तथा समस्याको बारेमा अन्तरक्रिया गरेको प्रहरी उपरीक्षक देउवाले बताउनुभयो ।अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहता , श्री गढीमाई राष्ट्रिय दैनिकका सम्पादक  अजयकुमार यादव उर्फ अजय यादव वियोगी ,श्री गढीमाई राष्ट्रिय दैनिकका सह-सम्पादक सन्दीप प्रसाद यादव ,कान्तिपुर टेलिभिजनका रमेश ठाकुर , गोरखापत्र दैनिकका शिवशंकर मिश्र ,जनगगुनासो दैनिकका उमेश दुवे ,राससका सत्यप्रकाश श्रेष्ठ ,जनकपुर टुडे दैनिकका बारा संवाददाता सिकिन्द्र पासवान लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।श्री गढीमाई राष्ट्रिय दैनिकका सम्पादक अजय यादव वियोगीले बारामा जघन्य अपराध घटना घटिरहेकोले प्रहरीले यस तर्फ ध्यानाकर्षण गर्नुपर्ने अावश्यकता रहेको बताउनुभयो ।कलैयामा लागेको सिसिटिभि समेत चालू अवस्था नरहेका कारण त्यसलाई सुचारु गराउन तथा जिल्ला प्रहरी कार्यालय बाराले मातहतका प्रहरी चौकी र युनिटलाई जनताको सेवा लाग्न निर्देशन दिनु अावश्यकता रहेको श्री गढीमाई राष्ट्रिय दैनिक सम्पादक वियोगीले बताउनुभयो ।कलैयाको शान्ति ,सुरक्षा चुस्त दुरुस्त बनाउन जरुरी रहेको श्री गढीमाई राष्ट्रिय दैनिकका सह-सम्पादक सन्दीप प्रसाद यादवले बताउनुभयो ।बारामा दिनप्रतिदिन दुर्घटनाको घटना बढदै गएकोले यस तर्फ प्रहरीको ध्यानाकर्षण हुनु जरुरी रहेको कान्तिपुर टेलिभिजनका संवाददाता रमेश ठाकुरले बताउनुभयो ।प्रहरीले सधैं अावाज विहिनको अावाज सुन्नुपर्ने अावश्यकता रहेको पत्रकारले नयाँ अाउनु भएको प्रहरी उपरीक्षक दिलिप सिँह देउवालाई ,सल्लाह ,सुझाव दिएका थिए ।अागमी दिनमा पनि बाराका पत्रकारबाट सकारात्मक सुझाव अपेक्षा राखेको प्रहरी उपरीक्षक दिलिप सिँह देउवाले बताउनुभयो ।यसअघि बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाही हुनुहुन्थ्यो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content