Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

‘गौरको वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित होइन’

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले आफ्नो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएको स्पष्ट पार्नुभएको छ ।...

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले आफ्नो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएको स्पष्ट पार्नुभएको छ । 

आज विज्ञप्ति जारी गर्दै उहाँले नागरिकमा भ्रम पर्न गएकामा दुःख व्यक्त गर्नुभएको छ । यसलाई सामान्य रुपमा लिन अनुरोध गर्दै उहाँले आफू आगामी दिनमा यसप्रति सचेत रहने बताउनुभएको छ । मन्तव्यलाई लिएर केही भ्रम फैलिएको भन्दै त्यसप्रति दुःख व्यक्त गरेर उहाँले आफ्नो भनाइ कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको बताउनुभएको छ । वक्तव्यलाई अतिरञ्जित नगर्न पनि उहाँले विज्ञप्तिमार्फत अनुरोध गर्नुभएको छ । 

मधेस जनविद्रोह, माओवादी जनयुद्ध र जनआन्दोलनको सिलसिलामा आफ्नो ज्यानको आहुति दिने वीर सहिदको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेलाई ‘बलिदानी दिवस’ का रुपमा मनाउँदै आएको मन्त्री यादवले बताउनुभयो । जनता समाजवादी पार्टीको भातृ सङ्गठन समाजवादी युवा सङ्घले रौतहटस्थित गौरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । 

सो सभामा दिइएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दुराशयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन भएको उहाँको भनाइ छ । शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढङ्गले अपव्याख्या गरेको उहाँले उल्लेख गर्नुभएको छ । रासस


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content