Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

मन्दिर उदघाटन गर्न पुगेका पूर्वमन्त्री सोनार लखेटिए

बारा, ९ माघ । बाराको परवानीपुर गाँउपालिका ३ लिपनीमालमा मन्दिर उदघाटनको बिषयमा लिएर दुर्ई पक्षबिच झडप भएको छ । प्रदेश २ को पुर्व भौतिक पुर्...

बारा, ९ माघ । बाराको परवानीपुर गाँउपालिका ३ लिपनीमालमा मन्दिर उदघाटनको बिषयमा लिएर दुर्ई पक्षबिच झडप भएको छ ।
प्रदेश २ को पुर्व भौतिक पुर्वाधार तथा विकाश मन्त्री जितेन्द्र सोनार कै कार्यकर्ता र स्थानीय युवा बिच झडप भएको हो ।  प्रदेश सभा सदस्य सोनारले पुख्र्याैली गाँउमा बनेको ब्रहमबाबाको मन्दिर जवरजस्ती उदघाटन गर्न खोजेपछि झडप भएको स्थानीयबासीले बताएका छन ।  स्थानीयका अनुसार सोनार भौतिक पुर्वाधार तथा विकाश मन्त्री हुदाँ मन्दिर निर्माणका लगाी ८ लाख बजेट छुट्याएका थिए । भने गाँउपालिकाले ५ लाख बजेट छुट्याएपछि मन्दिर निर्माण सम्पन्न भएको हो । शनिवार सम्पन्न भएको मन्दिरको उदघाटन सोनारले नै गर्न जवरजस्ती खोजेपछि विरोध भएको हो ।
जनताले तिरेको करबाट आएको सहयोग रकममा व्यक्तिले तानाशाही तरीकामा मन्दिर उदघाटन गरेर व्यक्तिगत नामको सिलालेख लगाउँने तयारी गरेपछि विरोध भएको स्थानीय राजेश यादवले बताए ।  उनका अनुसार जनताको भावना विपरित प्रहरी परिचालन गरेर ब्रहमबाबाको मन्दिर जवरजस्ती उदघाटन गर्न र आफ्नो नामको शिलालेख लगाउँन थालेपछि विरोध भएको हो ।  सोनार मन्दिर उदघाटन गर्न प्रहरी परिचालन गरेर पुगेपनि स्थानीय युवाहरूले विरोध गरेपछि उनी सहित उनका कार्यकर्ता लखेटेका थिए । सोनारलाई स्थानीय युवा घेराउ गर्ने थालेपछि प्रहरीले उनलाई बचाएर सुरक्षित स्थानमा लगेका हुन ।
प्रदेश सभा सदस्य सोनार पटक पटक मन्दिर,मस्जिद उदघाटन र आफ्नो नामको शिलालेख लगाउँनका लागी मरिहते गर्ने गरेका छन ।  लोसपा नेता सोनार विगतमा पनि धर्मको नाममा उदघाटन र आफ्नो नामको शिलालेख लगाउँनका विवाद गर्दै आएका छन । उनी धर्ममा राजनीति गर्ने खोजेपछि पटकपटक बिरोध भएको कतिपय उदाहरण छन ।  उनले परवानीपुर गाँउपालिका कै वडा नम्बर १ बुनियादमा गत २०७६ चैत ११ मा स्थानीय दलितलाई पुजाबाट रोक लगाएर महायज्ञको उदघाटन गरेका थिए ।
त्यसबेलामा पनि स्थानीय दलित परिवार पनि उनको विरोध गरेका थिए । यसअघि उक्त गाँउपालिकाको वडा नम्बर ५ नौतममा पनि सार्वजनिक धर्मशालाको उदघाटनमा वडा अध्यक्ष रामेश्वर कलवारले विरोध गरेपछि प्रहरी परिचालन गरेर उदघाटन गरे । त्यसबेला सार्वजनिक धर्मशाला निर्माणमा अनियमितता भएको ठहर भएपछि हतार हतारमा धर्मशाला उदघाटन र शिलालेख लगाउँनका लागी नै वडा अध्यक्ष कलवार सहित ५ जनालाई प्रहरी हिरासतमा पुरयाएका थिए । उनी निकटका अनुसार सोनार सस्तो लोकप्रियता लागी धर्म, शिक्षामा राजनीति गर्ने गरेका छन ।  केहि दिन अगाडी प्रदेश २ को राजधानी जनकपुर घोषणा भएपछि चर्चामा आउनलाई आफ्नो घर अज्ञात समुह द्वारा तोडफोड भएको भनेर हल्ला फिजाएका थिए । त्यसको पनि व्यापक विरोध भएपछि आलोचित नै भए ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content