Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

पुनः कोभिडविरुद्धको खोप अभियान सञ्चालन

वीरगञ्ज, १९ पुस   'कोभिड– १९ विरुद्धको खोप, हाम्रो खोप, हाम्रो सुरक्षा, खोप लगाउ सुरक्षित बनौँ' भन्ने नाराका साथ पर्सा जिल्लामा आजदे...

वीरगञ्ज, १९ पुस  

'कोभिड– १९ विरुद्धको खोप, हाम्रो खोप, हाम्रो सुरक्षा, खोप लगाउ सुरक्षित बनौँ' भन्ने नाराका साथ पर्सा जिल्लामा आजदेखि पुनः 'कोभिडविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ ।यसअघि सञ्चालन गरिएको अभियानमा पहिलो मात्रा लिइसकेकालाई दोस्रो मात्रा वा छुटेका १८ वर्ष उमेरमाथिका सबै व्यक्तिलाई पहिलो मात्रा खोप लगाउने उद्देश्यले जिल्लाभर यस  महिनाको  पाँच÷पाँच दिन दुई चरणमा खोप अभियान सञ्चालन गरिएको हो ।

स्थानीय तहसँगको सहकार्यमा जिल्लाको सबै स्वास्थ्य संस्था तथा आवश्यकताका आधारमा तत्कालै खोप केन्द्र थप हुने गरी खोप अभियान सञ्चालन हुँदै आएको स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति जयमोद ठाकुरले जानकारी दिनुभयो ।जिल्ला खोप समन्वय समितिको निर्णयअनुसार आजदेखि पुस २३ गतेसम्म पर्सागढी, पोखरिया नगरपालिका, सखुवाप्रसौनी, जिराभवानी, ठोरी, जगरनाथपुर र पटेर्वासुगौली गाउँपालिकामा तथा २३ देखि २७ गतेसम्म वीरगञ्ज महानगरपालिका, बहुदरमाई नगरपालिका, विन्ध्वासिनी, धोविनी, छिपहरमाई, कालिकामाई र पकाहामैनपुर गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ ।

अभियानलाई अझ प्रभावकारी बनाउन वीरगञ्जका तीन वटै निजी अस्पताल, नारायणी अस्पताल र पोखरिया अस्पतालबाट समेत तोकिएको दिन खोप लगाउन पाउने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।वीरगञ्ज महानगरपालिकाको बढी भिडभाड हुने क्षेत्र घण्टाघर चोक, नयाँ बसपार्क, आदर्शनगर चोक, भन्सार र ड्राइपोर्ट चोकमा समेत गरी ३७ वटा खोप केन्द्र स्थापना गरिएको छ । 
वीरगञ्जको विर्तास्थित नारायणी सेन्ट्रल अस्पतालमा आइतबार, गण्डकस्थित वीरगञ्ज हेल्थ केयर अस्पतालमा मङ्गलबार र घण्टाघर लिङ्करोडको भवानी अस्पतालमा बिहीबार खोप लगाउन सकिन्छ भने नारायणी अस्पतालमा सोमबार र बुधबार दुई दिन, पोखरिया अस्पतालमा शुक्रबार खोप लगाउन सकिने व्यवस्था मिलाइएको छ ।

जिल्ला खोप समन्वय समितिले २०७८ पुस मसान्तभित्र दुई तिहाइ नागरिक अर्थात् ६६ प्रतिशतले खोप लगाइसक्ने लक्ष्य लिएको छ । जिल्लामा हालसम्म ३८दशमलव०२ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् भने ६० दशमलव ५७ प्रतिशतले एक मात्रा खोप लगाइसकेको अवस्था छ । एक लाख ६९ हजार ३१५ जनाले कोभिसिल्ड, भेरोसेल, जनसन र एस्ट्राजेनिकाको दुवै मात्रा खोप लगाइसकेका र दुई लाख ६९ हजार ७५४ जनाले यी खोपको पहिलो मात्रा लिएको अवस्था छ । जिल्लामा १८ वर्षभन्दा माथिका लक्षित समुदायको सङ्ख्या चार लाख ४५ हजार ३६८ छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content