Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

महिलालाई दुर्व्यवहार गर्ने धामी र पुजारी एक/एक लाख धरौटीमा छुटे

२४ पुस, सुर्खेत । महिलालाई दुर्व्यवहार गर्ने सुर्खेतका तीन जना धामी र पुजारी एक/एक लाख धरौटीमा छुटका छन् । सुर्खेत जिल्ला अदालत निर्णयअनुसा...

२४ पुस, सुर्खेत । महिलालाई दुर्व्यवहार गर्ने सुर्खेतका तीन जना धामी र पुजारी एक/एक लाख धरौटीमा छुटका छन् ।

सुर्खेत जिल्ला अदालत निर्णयअनुसार उनीहरू धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।

पुस ६ गते कूलपूजाको बेलामा एक महिलालाई खुट्टाको पैताला चटाउँदै अमानवीय व्यवहार गरेको आरोपमा सुर्खेत वीरेन्ऽनगर नगरपालिका-११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नम्बर ७ का भक्ति ज्ञवाली र बराहताल गाउँपालिका-८ का मिलन ज्ञवालीलाई पक्राउ परेका थिए ।

उनीहरूले महिलामाथि दुर्व्यवहार गरेको भिडिओ सार्वजनिक भएको थियो । भिडिओ सार्वजनिक भएपछि प्रहरीले प्रतिवेदन तयार गरी मानव अधिकारकर्मी र महिला अधिकारकर्मीको सहयोगमा मुद्दा दर्ता गराएको थियो ।

अनुसन्धानपछि प्रहरीले सरकारी वकिलमार्फत पुस १६ गते उनीहरुलाई अदालतलमा बुझाएको थियो ।

पुस ४ गते सुर्खेतको लेकवेशी नगरपालिका-४ दशरथपुरमा ज्ञवाली परिवारको कूल पूजामा आएकी बाँके खजुराकी महिलामाथि उनीहरुले दुर्व्यवहार गरेका थिए ।

सार्वजनिक भिडिओका आधारमा उनीहरूमाथि मुद्दा चलाइए पनि पीडित भनिएकी महिलाले भने जाहेरी नै दिन मानेकी थिइनन् । उनले प्रहरीसँगको सोधपुछका क्रममा आफूमाथि दुव्यर्वहार नभएको बयान दिएकी थिइन् ।

यो घटनामा पीडित भनिएकै महिलाकै माइतीघरमा भएको कूलपूजाका क्रममा शरीरमा देउता चढेको निहुँँमा तीन जना पुरूषहरूले उनीमाथि अमानवीय व्यवहार गरेका थिए ।




COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content