इंग्लिस प्रिमियर लिग क्लब आर्सनल एफए कपबाट बाहिरिएको छ । आइतबार राति भएको खेलमा आर्सनल नोटिङ्हम फरेस्टसँग १–० ले पराजित भएको हो ।
फरेस्टको जितमा ग्राबनले ८३ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । आर्सनल एफए कपको तेस्रो चरणबाटै बाहिरिएको हो । पछिल्लो चार वर्षमा आर्सनल दोस्रोपटक एफए कपबाट बाहिरिएको हो ।
अरु खेलमा श्रीस्बरी टाउनलाई ४–१ ले पराजित गरेको लिभरपुल, मोरेक्याम्बेलाई ३–१ ले पराजित गरेको टोटनह्याम, लीड्सलाई २–० ले पराजित गरेको वेष्ट ह्याम, शेफिल्ड युनाइटेडलाई ३–० ले पराजित गरेको वुल्भ्स, लिटन ओरिएन्टलाई २–० ले पराजित गरेको स्टोक, चार्ल्टनलाई १–० ले पराजित गरेको नर्विच तथा प्रिस्टनलाई २–१ ले पराजित गरेको कार्डिफ अर्को चरणमा प्रवेश गरेका छन् ।
प्रतिक्रिया