७ माघ २०७८, शुक्रबार वीरगञ्ज । बारा जिल्लाको बारागढी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत वकिल पाल हाजिर भएपछि विवाद उत्पन्न भएको छ । यही ...
७ माघ २०७८, शुक्रबार वीरगञ्ज । बारा जिल्लाको बारागढी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत वकिल पाल हाजिर भएपछि विवाद उत्पन्न भएको छ । यही माघ ४ गते राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंबाट सरुवा भई बारागढी आएका प्रमुख प्रशासकीय अधिकृत पाललाई गाउँपालिकाले हाजिर गराउन नमानेपछि उपाध्यक्षले जबरजस्ती हाजिर गराएका थिए । उक्त घटनासँगै स्थानीयहरुले बिहीबार पालिकामा विरोध प्रदर्शन गरेका हुन्।
प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिरहेका आमोद चौधरीले कार्यभार सम्हाली रहेको अवस्थामा विभिन्न पार्टीबीच गुटउपगुटको कारण नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएसँगै पालिकामा विवाद उत्पन्न भएको हो ।
विगत दुई वर्षदेखि पालिकाको कार्यभार सम्हाल्दै आएका प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरीलाई मन्त्रालयले सरुवा गरेपनि औपचारिक पत्र आएन ।
त्यसपछि नेपाली काँग्रेस निकट पालिका अध्यक्ष लगायतका जनप्रतिनिधिहरुले उनलाई जान नदिएको र संघीय समाजवादी पार्टी निकट उपाध्यक्ष लक्ष्मी देवी रायको सक्रियतामा राष्ट्रिय सतर्कता केन्द्र सिंह दरबारबाट सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत वकिल पाललाई उपाध्यक्ष आफैले नयाँ रजिष्टर किनेर हाजिर गराएपछि स्थानीयहरु आक्रोशित भई पालिकामा विरोध प्रदर्शन गरेका थिए ।
अधिकृत आमोद चौधरीले पालिकामा उत्कृष्ट काम गरेको हुनाले विपक्षी दलका नेता कार्यकर्ताहरुले विकास निर्माणको कामलाई भाड्नका लागि आफ्नो पार्टी निकट अधिकृतलाई सरुवा गराएर ल्याएकोले हामीलाई राजनीति भन्दा पनि काम गर्ने कर्मचारी चाहिएको स्थानीयहरुको भनाई छ ।
COMMENTS