Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

पृथ्वी जयन्तीको अवसरमा कम्बल बितरण

बीरगन्ज,२७ पुस । पृथ्वीनारायण शाहको ३०० औं जयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा माल्यार्पण कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रिय सरोका...

बीरगन्ज,२७ पुस । पृथ्वीनारायण शाहको ३०० औं जयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा माल्यार्पण कार्यक्रमको आयोजना गरिएको छ ।

राष्ट्रिय सरोकार मंच नेपाल नारायणीले बीरगन्जको घण्टाघरमा आयोजना गरेको माल्यार्पण कार्यक्रमका प्रमुख अतिथी पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्दै पृथ्वीनारायण शाह हाम्रो राष्ट्रपिता हुन हामी सबैले उहाँको सम्मान गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

समाजसेवी एवम् राष्ट्रबादी पशुपति बिक्रम शाहले राष्ट्र विखण्डनमा परेको अवस्थामा जनताले देशमा फेरी पृथ्वीनारायण शाहको खाँचो रहेको महसुस गरेको बताए ।

राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका संयोजक नन्दकिशोर गोयलको अध्यक्षतामा आयोजित कार्यक्रममा हिन्दु युवा संघ नेपालका अध्यक्ष राजेश सिंह राठौर, समाज सेवी उषा शाह, राप्रपाका रामबहादुर थापा, बीरगन्ज महानगरपालिकाका उपमेयर शान्ति कार्की लगायतले पृथ्वीनारायण शाहको जिवनीकाबारे चर्चा गरेका थिए ।

कार्यक्रममा श्री चण्डी प्रसाद गण बीरगन्जका प्रमुख सेनानी मनोज कार्की, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, सशस्त्र प्रहरी बल १३ नं. गणका प्रहरी उपरीक्षक राजेन्द्र खड्का, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक सुमन कार्कीको सहभागीता रहेको थियो ।

कार्यक्रममा सबिना खातुन, सुरजी देवी, गीताञ्जली देवी, सरिता देवी, लालवती देवी, पुजा कुमारी, साल्मा खातुन, मिना देवी, सिल्ला देवी, रोकशाना खातुन लगायत ५० जना महिलाहरु कम्बल बितरण गरिएको प्रेस संयोजक प्रणय कुमारले बताए ।

उक्त कार्यक्रममा सम्पूर्ण अतिथीहरुलाई मंचका नगर संयोजक उपेन्द्र बरैले खादा ओढाई स्वागत गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण मंचका प्रेस संयोजक प्रणय कुमारले गर्नु भएको थियो भने कार्यक्रमको समापन मंचका सचिव मकबुल मियाँ बरैले गर्नु भएको थियो । कार्यक्रममा स्थानियबासी, समाज सेबी, भद्रभलादमी, पत्रकारहरुको समेत सहभागीता रहेको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content