अजय यादव वियोगी
कलैया ,बारा ।
"बाराको कलैया उपमहानगरपालिका वडा नम्बर -९ रामपुरमा लागेको श्री विष्णु महायज्ञको जलयात्रा भव्यताका साथ सम्पन्न "
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर -९ रामपुर श्री विष्णु महायज्ञको अायोजनाको पहिलो दिन जलयात्रा भव्यताका साथ सम्पन्न भएको छ ।हजारौंको संख्यामा रहेका भक्तजनले कलश यात्रामा सहभागी भएका थिए ।हात्ती ,घोडा तथा बाजागाजा सहित कलैया नगर परिक्रमा गरि त्रिवेणी घाटबाट जल ल्याई यज्ञस्थल राखेका हुन ।सयौं कुमारीहरुले कलश बोकी यज्ञ स्थलमा राखेका हुन ।महायज्ञको पहिलो दिननै हजारौंको संख्यामा भक्तजनको सहभागीले अाफूहरुले सोचेको भन्दापनि राम्रो भएको श्री विष्णु महायज्ञका यज्ञ समिति अध्यक्ष पुरुषोत्तम सिँह पाण्डेले बताउनुभयो ।विष्णु महायज्ञ समस्त रामपुरबासीको सहयोगले भईरहेकोले यसलाई अझ सुढृढ बनाउन अाफूहरु लागि परेको यज्ञ समितिका अध्यक्ष पाण्डेले बताउनुभयो ।महायज्ञमा प्रत्येक दिन रसलिलाको व्यवस्था गरिएको तथा भरपुर सुरक्षा प्रदान गरिएको यज्ञ समितिका सचिव विक्रम साह तुराहाले बताउनुभयो ।श्री विष्णु महायज्ञका यज्ञकर्ताका रुपमा श्री श्री १०८ मदनमोहन दास बैरागी रहेका हुन । बाबा बैरागीले सबैको व्यवस्था मिलाएका हुन ।चौका बस्नेले निष्ठापूर्वक सहयोग गरेको श्री विष्णु महायज्ञ समितिले जानकारी दिएकम छन् ।
प्रतिक्रिया