Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

अदालतमा लफडा सिर्जना गरियो, यसले सुधारको बाटो लिन सक्दैन : ओली

१७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालत अहिले जटिल समस्यामा फसेको बताएका छन् । शुक्रबार पार्टी कार्यालयम...

१७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालत अहिले जटिल समस्यामा फसेको बताएका छन् ।

शुक्रबार पार्टी कार्यालयमा पदवहाली गर्दै अध्यक्ष ओलीले सर्वोच्च अदालतमा देखा परेको समस्या समाधानको उपाय पनि नदेखिएको बताए । सर्वोच्च अदालत अहिलेको दलदलबाट न अगाडि बढ्न सक्ने न पछाडि हट्न सक्ने स्थितिमा रहेको उनको भनाइ छ ।

‘अहिले सर्वोच्च अदालत, नेपाल बार एशोसिएसन, सर्वोच्च बार आदिमा देख्न सक्छौं कस्तो छ स्थिति भनेर । एउटा लफडाको स्थिति सिर्जना गरिएको छ’ ओलीले भने, ‘न अगाडि न पछाडि हट्न सक्ने न वास्तविक सुधारको नीति लिन सक्ने ।’

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको माग गर्दै नेपाल बार एशोसिएसनको अगुवाइमा सर्वोच्च अदालतमा विगत डेढ महिनादेखि आन्दोलन भइरहेको छ । त्यसतर्फ इंगित गर्दै ओलीले यो आन्दोलनबाट सर्वोच्च अदालतका बेथिती अन्त्य र सुधारको कदम चाल्न नसकिने बताए ।

‘वास्तविक सुधारका लागि कदम चाल्न सक्ने पनि होइन, नीति लिन सक्ने पनि होइन अगाडि बढ्न सक्ने पनि होइन । पछाडि हट्न सक्ने पनि होइन । अनि यथार्थ स्थिति मञ्जुर पनि नहुने, अगाडितिर बढ्न पनि नसक्ने । त्यसप्रकारको स्थिति देखिन्छ’ ओलीले भने ।

पाँच दलीय गठबन्धनको समस्या सर्वोच्च अदालतमा प्रकट भएको ओलीले टिप्पणी गरे । आन्दोलनरत बार पदाधिकारीलाइ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारले लगाएको गुन बिर्सन नसक्ने अभिव्यक्ति दिएकामा पनि ओलीले आलोचना गरे ।

‘बारले लगाएको गुन बिर्सिदैनौं, अदालतले लगाएको गुन बिर्सदैनौं, पैँचो तिर्ने बेला आएको छ..’उनले भने, ‘अब कानुनी राज के भएको रहेछ भन्ने कुरा एकतिरबाट आएपनि हुन्थ्यो क्या ।’

अहिलेको आन्दोलनबाट अदालतको समस्या समाधान नहुने पनि ओलीले बताए । प्रधानन्यायाधीशको राजीनामा वा महाभियोग माग भइरहेका बेला ओलीले यो तरिकाबाट अदालतको समस्या समाधान नहुने पनि जिकिर गरे ।

‘केही महाअभियोग लगाउनुपर्छ भन्छन्, कोही लगाउनुहुँदैन भन्छन्, यो खालको स्थितिमा उहाँहरु (पाँच दलीय गठबन्धन) हुनुहुन्छ । अदालतको हुर्मत लिने काम गरिरहनुभएको छ’ ओली भन्छन्, ‘त्यसको त्यसको उपचार के हो ? भन्दा फेरि गलत प्रेसक्रिप्सन । अहिलेको प्रेसक्रिप्सन भनेको यो गलत प्रेसकिप्सन हो । जुन प्रेसक्रिप्सनले कुनै काम गर्दैन ।’



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content