अजय यादव वियोगी
कलैया ,बारा ।
"बारा जिल्लामा तोरीको उत्पादन दिनप्रतिदिन बढदै " देशमा किसानले उत्पादन गरेको बस्तुले राज्य चल्ने गरेको भएपनि किसानहरुले समयमा रासायनिक मल देखि बीउ समेत नपाउनु दुर्भाग्य नै हो ।नेपाली राजनीति अस्थिरता भएका कारण किसानहरुले समेत दु:ख पाउने गरेका छन ।अाधुनिक प्रविधि अाएपनि रासायनिक मल तथा अन्य सामाग्रीले नेपाली किसान सधैं मारमा पर्ने गरेका छन्। तर पनि राज्यले मस्त निन्द्रामा निदाएका छन् ।तेलहन बालीको लगाउनको लागि उपयुक्त वातावरण चाहिन्छ ।हावापानी उपयुक्त भएमात्रा तेलहन बाली राम्रो हुने कृषि विज्ञहरुले बताएका छन ।नेपालको ७७ जिल्ला मध्ये तोरीको लागि सबैभन्दा बढी प्रख्यात जिल्लाको रुपमा चितवनलाई लिईन्छ ।चितवनको तोरी भनेर देश भरि प्रख्यात नै छन ।उपयुक्त वातावरणले गर्दा चितवनमा तोरीको उत्पादन बढेको जानकारहरुले बताएका छन् ।पछिल्ला दिनमा बारा जिल्लामा तोरीको उत्पादन बढदै गएको छ ।बाराको अधिकाँश ठाउँमा तोरी खेती हुँदै अाएको छ ।तोरीको बिरुवा सपुष्पक अर्थात फूल फूल्ने जातको बिरुवा हो।यसको पहेँला रंग फुल्ने गरेको तोरीको खेती गर्ने किसानहरुले बताएका छन् ।तोरीको बोटमा फूल,पुष्पक्रम ,फल ,काण्ड ,पात ,डाँठ ,जरा हुने गरेको पाईन्छ । तोरीको उत्पादनमा यसपालि बढने बरेली किसानहरुले बताएका छन् ।भरखरै उम्रिएको तोरीको बोटमा दुई भाग हुन्छ ।जमिनमुनिको भागलाई जरा भनिन्छ भने जमिनमाथिको भागलाई काण्ड भन्ने गरिएको कृषि विज्ञ दिनेश कुशवाहाले बताउनुभयो।यसका शाखा जराहरु र मुल जराहरु तथा शाखा जराहरुको टुप्पातिर रुट हेयर हुने गरेको कृषि विज्ञ कुशवाहाले बताउनुभयो।जराले बिरुवालाई अड्याउँछन र जमिनबाट पानी तथा लवणहरु प्राप्त गराउने गरेको कृषिविज्ञ कुशवाहाले बताउनुभयो।तोरीको काण्डबाट पात र फूल निस्कन्छन ।पातको मुख्य काम खाना बनाउनु र श्वासप्रश्वासप्रक्रिया सञ्चालन गर्नु हो भने फूलको कामचाहिँ प्रजनन काममा संलग्न हुनु हो ।यति धेरै काम भएपछि मात्रा तोरीको वास्तविकको काम हुने गरेको अगुवा कृषक अशोककुमार यादवले बताउनुभयो ।यसका पात सरल र अल्टरनेट जस्तै हुने गरेको अगुवा कृषक यादवले बताउनुभयो ।काण्डका अाँख्लाबाट पात निस्कन्छन ,दुई अाँख्लाका बिचलाई ईन्टरनोड भन्ने गरेको पाईन्छ ।पातका नशाहरु जालिदार र डाँठ नरम प्रकारको हुने गर्दछ ।बाराको हावापानी सुहाउँदो भएकाले तोरीको उत्पादन बढने बरियारपुरका किसानका धिरेन्द्र कुमार चौरसियाले बताउनुभयो ।तोरीको बीउ दुई दलिय हुन्छ ।तोरी पाकेपछि कोसा सुक्छ र फुटछ।यस भित्र रहेको बिउहरु बाहिर निस्कन्छन् ।बाराबासी तोरी खेती तर्फ अाकर्षित हुँदै अाएका छन् ।

प्रतिक्रिया