श्री गढीमाइ संवाददाता
मंसिर २३
बाराको करैयामाई गाउँपालिका वडा नं.१ मा रहेको श्री जन सामुदायिक माध्यमिक विद्यालय मधुवन हरैया सहजौलीको आयोजना र प्रदेश नं.२ को कार्यालय जनकपुर धनुषाको सहयोगमा "बेटी पढाउ बेटी बचाउ अभियान" अन्तर्गत २०७७ सालको यस विद्यालयमा अध्यनरत छात्राहरूलाई आज एक कार्यक्रमको बिच साईकल बितरण गरिएको छ । प्रदेश नं.२ को अर्थ राज्यमन्त्रि उषा कुमारी यादवको प्रमुख आतिथ्यतामा भएको सो साईकल बितरण कार्यक्रममा लामो समयदेखि लकडाउनका कारण यस विद्यालयको कक्षा ८ र यस वर्ष २०७८ सालमा कक्षा ९ मा अध्यनरत रहेका कुल ४४ जना छात्राहरूलाई साईकल बितरण गरिएको विद्यालयका प्रधानाध्यापक रामबाबु प्रसाद यादवले बताउनु भएको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षतामा भएको सो साईकल बितरण कार्यक्रममा करैयामाई गाउँपालिकाको अध्यक्ष भुनेश्वर धामी, वडा नं.१ को वडा अध्यक्ष सोनालाल साह,वडा नं.६ को वडा अध्यक्ष राजकुमार चौधरी, महिला नृत्री लिला पाण्डे, विद्यालयका लेखापाल उमेश कुमार यादव,
विद्यालयका पूर्व प्रधानाध्यापक रामबली महतो,पूर्व विद्यालय व्यस्थापन समितिका अध्यक्ष भुलन चौधरी,करैयामाई गाउँपालिकाभित्र रहेका सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरू,विद्यालयमा कार्यरत सम्मपूर्ण शिक्षक शिक्षिका, स्थानिय राजनितिक दल,बुद्धजिवी, शिक्षाप्रेमी,अभिभावक,बिद्यार्थी सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका नि.माबि शिक्षक हरि प्रसाद सापकोटाको रहेको थियो ।
प्रतिक्रिया