Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बंगालको खाडीमा चक्रवात : अप्रत्यक्ष प्रभाव नेपालमा पनि, वर्षा र हिमपातको सम्भावना

१८ मंसिर, काठमाडौं । बंगालको खाडीमा आएको चक्रवातको प्रभाव नेपालमा पनि परेको छ । यसको प्रभावको कारण देशभर बदली हुनुका साथै केही स्थानमा वर्षा...

१८ मंसिर, काठमाडौं । बंगालको खाडीमा आएको चक्रवातको प्रभाव नेपालमा पनि परेको छ । यसको प्रभावको कारण देशभर बदली हुनुका साथै केही स्थानमा वर्षा र उच्च हिमाली भागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण प्रभावित भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको मध्यपश्चिम भूभागमा सामुद्रिक चक्रवात बनेको छ । अरबी भाषाबाट ‘जवाद’ नाम दिइएको सो चक्रवातको प्रभाव नेपालमा खासै ठूलो प्रभाव पर्ने छैन । तर पनि यसको अप्रत्यक्ष प्रभावले आज रातिबाट प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई सो प्रदेशका उच्च पहाडी तथा हिमाली भु–भागहरुका थोरै स्थानहरुमा हल्का हिमपात हुनसक्ने मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् । साथै सोही प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावनासमेत छ । जवाद चक्रवातको असर आउँदो सोमबारबाट क्रमशः नेपालमा कम हुँदै जानेछ ।

आइतबारदेखि पुनः अर्को प्रणाली

तर आइतबारबाट पुनः अर्को पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने छ । सो पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतबार देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् ।

साथै ती प्रदेशहरुका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत औंल्याइएको छ । सोमबार सो प्रणालीले देशभर प्रभाव पारी केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

आइतबार राति र सोमबार दिउँसो सो प्रणालीका कारण सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागहरुका एक–दुई स्थानहरूमा भारी हिमपातको सम्भावनासमेत छ । सो प्रणाली सोमबार रातिबाट कमजोर बन्दै जाने छ ।

यी मौसमी प्रणालीहरुका कारण पर्वतारोहण, हवाई÷यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातवाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

 



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content