Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

प्रहरीका कार्यालय सहयोगीको पनि अब स्तर वृद्धि हुने

१६ मंसिर, काठमाडौं । नेपाल प्रहरीका कार्यालय सहयोगीको पनि स्तर वृद्धि हुने भएको छ । हालसम्म प्रहरीमा भर्ना भएपछि एउटै पदबाट अवकाश पाउने कार...

१६ मंसिर, काठमाडौं । नेपाल प्रहरीका कार्यालय सहयोगीको पनि स्तर वृद्धि हुने भएको छ ।

हालसम्म प्रहरीमा भर्ना भएपछि एउटै पदबाट अवकाश पाउने कार्यालय सहयोगीले अब सुब्बा सरहको सुविधा लिएर घर जान पाउने भएका हुन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको प्रहरी नियमावली, २०७८ को नवौं संशोधनले कार्यालय सहयोगीको पाँचौ स्तरसम्म बढुवा हुने व्यवस्था गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले कार्यालय सहयोगीका लागि पाँचवटा स्तर रहने गरी नियमावली संशोधनका लागि गृह मन्त्रालयसमक्ष प्रस्ताव पठाइएको बताए । उनले अनलाइनखबरसँग भने, ‘प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको सुनेको छु, विस्तृत विवरण आइसकेको छैन ।’

गृह मन्त्रालय स्रोतका अनुसार श्रेणी विहीन पदमा सुरुमा नियुक्ति हुने प्रहरी कार्यालय सहयोगी प्रथमस्तरका हुनेछन् । पाँचदेखि १० वर्षसम्म सेवा अवधि भएकालाई द्वितीयस्तर कायम गरिनेछ भने १० देखि १५ वर्षसम्मका कर्मचराीलई तृतीय स्तर कायम गरिनेछ ।

स्रोतका अनुसार १५ देखि २० वर्षभन्दा कम सेवा अवधि भएकालाई चतुर्थ स्तर कायम गर्ने व्यवस्था गरिएको छ भने २० वर्ष वा त्यसभन्दा बढी सेवा अवधि भएकालाई पाँचौ स्तर कायम गर्ने निर्णय भएको छ ।

हाल सेवामा भएका कार्यालय सहयोगीलाई पनि यो नियम लागू भएसँगै स्वतः स्तर वृद्धि गरिने पनि उल्लेख गरिएको छ । उनीहरुको तलब सरकारले तोके अनुसार हुनेछ ।



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content