Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

ओमिक्रोन भेरियन्टबारे हामीलाई के थाहा छ ?

२० मंसिर, काठमाडौं । पहिलो पटक दक्षिण अफ्रिकामा पहिचान गरिएको कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्ट हालसम्म ३ दर्जनभन्दा बढी मुलुकमा फैलिइसकेको...

२० मंसिर, काठमाडौं । पहिलो पटक दक्षिण अफ्रिकामा पहिचान गरिएको कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्ट हालसम्म ३ दर्जनभन्दा बढी मुलुकमा फैलिइसकेको छ । सोमबार नेपालमा पनि दुई जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म कहाँकहाँ भेटिए संक्रमित ?

ओमिक्रोन पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको थियो । नोभेम्बर ९ गते (२३ कात्तिक) मा संकलित नमुनामा यो भेरियन्ट पुष्टि भएको र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले २३ नोभेम्बरमा विश्व समुदायलाई यसबारे जानकारी गराएको थियो ।

हालसम्म ३५ मुलुकमा ओमिक्रोनका संक्रमित फेला परेका छन् । दक्षिण एसियामा नेपालसहित भारत र श्रीलंकामा भेटिएका छन् । एसियामा हङकङ, जापान, मलेसिया र दक्षिण कोरियामा समेत ओमिक्रोनका संक्रमित फेला परेका छन् । इजरायल, साउदी अरब र संयुक्त अरब इमिरेट्समा पनि ओमिक्रोन फैलिएको छ ।

नयाँ ओमिक्रोन भेरियन्ट फेला परेका मुलुकमध्ये युरोपमा धेरै छन् । अष्ट्रिया, बेल्जियम, चेक गणतन्त्र, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, आइसल्याण्ड, इटली, आयरल्याण्ड, नेदरल्याण्ड, पोर्चुगल, स्पेन, स्विडेन, स्वीट्जरल्याण्ड र बेलायत गरी १७ युरोपेली मुलुकमा ओमिक्रोन फैलिएको छ ।

यसबाहेक, अष्ट्रेलिया, अमेरिका र क्यानाडामा पनि नयाँ भेरियन्टका संक्रमित फेला परेका छन् । अष्ट्रेलियामा समुदाय स्तरमा फैलिन थालेको आशंका गरिएको छ ।

नाइजेरिया, बोत्स्वाना र दक्षिण अफ्रिकामा पनि यसका संक्रमित फेला परेका छन् । यही भेरियन्टका कारण दक्षिण अफ्रिकामा कोभिड–१९ को चौथो लहर शुरु भएको त्यहाँका अधिकारीले बताइसकेका छन् ।

विश्वभर सतर्कता

ओमिक्रोनका कारण विश्वभर सतर्कता अपनाउन थालिएको छ । कैयौं मुलुकले अन्तर्राष्ट्रिय यात्रामाथि कडाइ गर्न थालेका छन् ।

जापान र इजरायलले विदेशी यात्रुमाथि पूर्ण प्रतिबन्ध लगाएका छन् । हालसम्म १५ राज्यमा ओमिक्रोन फैलिएको अमेरिकामा यात्रासम्बन्धी कडा नियम घोषणा गरिएको छ ।

डब्ल्यूएचओले भने ‘वैज्ञानिक आधार’मा मात्रै अन्तर्राष्ट्रिय यात्रामाथि प्रतिबन्ध लगाउनुपर्ने बताएको छ । ‘ओमिक्रोन भेरियन्टका कारण अझै पनि केही मुलुकले दक्षिण अफ्रिकी क्षेत्रबाट हुने सिधा उडानमाथि प्रतिबन्ध लगाउने कार्य निराशाजनक छ’, आइतबार डब्ल्यूएचओका महानिर्देशक ट्रेड्रोस एडानोम गेब्रेएससले भनेका छन् ।

वैज्ञानिकहरू किन चिन्तित ?

डब्ल्यूएचओले ओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’ मा राखेको छ र, यसबाट उत्पन्न हुनसक्ने सम्भावित खतराका लागि तयारी अवस्थामा रहन अपिल गरेको छ ।

विशेषगरी ओमिक्रोनको उत्परिवर्तन संख्या धेरै भएका कारण वैज्ञानिकहरू चिन्तित बनेका हुन् । दक्षिण अफ्रिकाका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार ओमिक्रोनमा भाइरसलाई कोषभित्र प्रवेश गर्न सघाउने ‘स्पाइक प्रोटिन’मा ३० भन्दा बढी पटक परिवर्तन भइसकेको छ ।

शरीरको रोग प्रतिरोधी क्षमताबाट उत्पन्न हुने एन्टिबडीले यही प्रोटिनलाई निशाना बनाएर कोभिड–१९ संक्रमणसँग लड्छ । तर धेरै पटक परिवर्तन भएका कारण खोप वा यसअघिको संक्रमणबाट प्राप्त एन्टिबडी छल्ने हो कि भन्ने चिन्ता थपिएको छ ।

जनस्वास्थ्यविद र वैज्ञानिकहरूको अर्को चिन्ता छ, हाल प्रयोग भइरहेका खोप ओमिक्रोनविरुद्ध प्रभावकारी होला वा नहोला ? यसअघिका भेरियन्ट (जस्तोः डेल्टा) भन्दा ओमिक्रोन बढी संक्रामक त छैन भन्ने त्रास पनि बढिरहेको छ ।

हालसम्मका अध्ययनले के भन्छन् ?

ओमिक्रोनको संक्रामक क्षमता, यसविरुद्ध खोपको प्रभावकारिता र यो कति घातक छ भनेर अझै प्रस्ट भइसकेको छैन । यससम्बन्धमा हाल ल्याब परीक्षण जारी रहेको र परीक्षणको नतिजा केही हप्ताभित्रै आउने अपेक्षा गरिएको छ ।

दक्षिण अफ्रिकाका वैज्ञानिकले गरेको प्रारम्भिक अध्ययनले डेल्टा वा बिटा भेरियन्तको तुलनामा ओमिक्रोनबाट पुनः संक्रमित हुने सम्भावना झण्डै ३ गुणा रहेको देखाउँछ । ‘अध्ययनबाट यसअघि संक्रमित व्यक्तिलाई समेत संक्रमण गर्न सक्ने क्षमता बढी हुनाले पनि ओमिक्रोन फैलिइरहेको छ’, हालै बीबीसीसँग कुरा गर्दै प्राध्यापक एवं अनुसन्धानकर्ता जुलिएट पुलियामले भनेकी थिइन् ।

तर ओमिक्रोनबाट संक्रमित मानिसहरू अस्पताल भर्ना हुने दर डरलाग्दो नभएको देखाएको छ ।

अमेरिकाका वरिष्ठ रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले पनि प्रारम्भिक नतिजाअनुसार ओमिक्रोन भेरियन्टबाट गम्भीर बिरामी हुने सम्भावना कम रहेको बताएका छन् । उनले भने, ‘यसबारे अन्तिम निष्कर्ष निकाल्ने बेला भइसकेको छैन, तर हालसम्म हेर्दा यसबाट गम्भीर बिरामी हुने अवस्था धेरै देखिएको छैन ।’

राष्ट्रपति जो बाइडेनका प्रमुख स्वास्थ्य सल्लाहकार समेत रहेका फाउची भन्छन्, हालसम्मका नतिजा उत्साहजनक छन् । तर यो डेल्टाको तुलनामा कम खतरनाक छ वा गम्भीर संक्रमण गर्दैन भन्ने निष्कर्ष निकाल्नुपूर्व हामीहरू सावधान भने हुनुपर्छ ।’

इजरायलमा शनिबार प्रकाशित एक तथ्याङ्कले पनि भेरियन्टभन्दा ओमिक्रोन बढी संक्रामक भएको देखाउँछ । तर अरु भेरियन्टभन्दा कम घातक रहेको वा लक्षण सामान्य भएको पाइएको छ । हडासाह हेब्रु युनिभर्सिटी मेडिकल सेन्टरका वरिष्ठ फिजिसियन ड्रोर मेभोराकले भने, ‘यदि हामीले उपलब्ध तथ्य हेर्‍यौं भने यो भेरियन्ट चाँडो फैलिइरहेको छ, तर त्यति घातक भने देखिँदैन ।’

‘खोप लगाएका मानिस संक्रमित भइरहेका छन्, तर लक्षण सामान्य देखिएको छ । यो विश्वका लागि राम्रो समाचार हो’, वरिष्ठ फिजिसियन मेभोराकले थपे ।

खोप निर्माता कम्पनी बायोइन्टेकका प्रमुख कार्यकारी अधिकृत उगुर सहिनले पनि वाल स्ट्रिट जर्नललाई दिएको अन्तर्वार्तामा ओमिक्रोनविरुद्ध खोपले काम गर्नसक्ने बताएका छन् ।

‘ओमिक्रोनविरुद्ध खोपले काम गर्ने हाम्रो विश्वास विज्ञानमा आधारित छ’, सहिनले भनेका थिए, ‘यदि भाइरसले इम्युनिटी छल्ने क्षमता विकास गर्‍यो भने एन्टिबडीलाई मात्रै छल्न सक्ला, तर गम्भीर रोगबाट बचाउने इम्युनिटीको दोस्रो तह अर्थात् टी–सेल पनि हाम्रो शरीरमा हुन्छ ।’

(एजेन्सीहरूको सहयोगमा)



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content