अजय यादव वियोगी
रौतहट
"हास्य कलाकार रौनक नविनले गर्न थाले चेतनामूलक कार्यक्रम ,टिकटकको माध्यमले जनतालाई गर्न थाले सचेत "
दुनियाँमा जब कसैले केही दिन्न थाल्छ त्यसको वरिपरि मानिस झुमिन् थाल्छ यदि लिन थाल्छ भने भाग्न थाल्छ ।कसैले कसैलाई केही न केही दिईरहेको हुन्छ ।कसैले ज्ञान दिएर ,कसैले मनोरञ्जन दिएर अथवा कसैले असल सूचना पुर्याएर होस् ।जनतालाई सचेत बनाईरहेको हुन्छ ।सन् २००२ देखि लन्च भएको फेसबुक तथा हालै मात्र लन्च भएको टिकटिकले कतिको चेहरा नै चम्काइ दिएको छ ।यस्तै मध्येका एक हुन ।रौतहट जिल्ला देवाही गोनाही नगरपालिका वडा नम्बर -७ उचिडिह निवासी रौनक नवीन ।हालै कक्षा ११ मा अध्ययनरत हुँदा समेत उनले धेरै टिकटक बनाई सकेका छन् ।तीन दाजुभाइ रहेका नवीन मिलनसार एवम् उदारवादी स्वभावका रहेका छन्।पढाइमा अब्बल रहेका हास्य कलाकार रौनक नविनको चर्चा चारैतिर।हुन थालेको छ ।देवाही गोनाही नगरपालिकाको सामान्य परिवारमा जन्मेका नवीन अहिले अाफ्नो भाग्य भन्दा कला क्षेत्रमा लागेको श्री गढीमाई राष्ट्रिय दैनिकसँग बताउनुभयो। घर र पढाइ सँगसँगै अहिले कलाकारितामा समेत हात राखिसकेको हास्य कलाकार नविनले बताउनुभयो ।दिनहुँ जसो सामाजिक सञ्जाल टिकटकमा अाफ्नो भिडियो पोष्ट गर्दै अाएका छन् ।हामी सुरु गरेका छौँ कि भ्रष्टाचार निर्मुलीकरण होस् ,समाजमा भाईचारा कायम रहिरहोस् ,मानवता न हराअोस तर त्यसमा टेकेर नै अहिले टिकटिक बनाउने काम भएको हास्य कलाकार रौनक नविनले बताउनुभयो ।हामी सोचेका छौँ कि समाज सुधार नामक संस्था खोलेर समाजको सेवा खै कतिको साथीहरु साथ त्यो हेर्न बाँकी रहेको हास्य कलाकार नविनले बताउनुभयो ।उनका टिममा अहिले १५ जना काम गरिरहेका छन् ।जसमध्ये रामप्रताप कुशवाहा ,सुबोध बैठा ,सैमुदिन अंसारी ,निरञ्जन कुशवाहा ,सिबिन्द्र कुशवाहा ,कृष्ण कुशवाहा उर्फ नरेन्द्र कुशवाहा ,सोनु बैठा र रबिन्द्र बैठा मुख्य पात्रको भूमिका निभाउने गरेको श्री गढीमाई राष्ट्रिय दैनिकसँग कुराकानीका क्रममा हास्य कलाकार रौनक नविनले बताउनुभयो ।समाजको सेवा सधैं तत्कलिन रहने यूवाहरु अरु कसैको चाहिँको छैन रतर समाज राम्रो हुनु जरुरी रहेको नवगठित समाज सुधारका सोनु बैठाले बताउनुभयो ।देवाही गोनाही चौकको मलंग चौक अर्थात प्रेमपुर गोनाहीको माध्यमिक विधालय नजिकै रहेको छ ।रौनक नविनले टिकटकमा @singerraunnavin1 टिकटको अाईडीमा ७५.६फलौवर रहेको र १०६ M like भएको समेत देखिएको छ ।सबै क्षेत्रलाई समेटनु अावश्यकता नभई अाफ्नो बाध्यता रहेको कलाकारहरु दैनिक जसो पढेर अथवा परेर बुझिने गरेको छन् ।
प्रतिक्रिया