श्री गढीमाई संवाददाता कलैया ,बारा । २१ अौँ यूगमा पनि छोरा र छोरीप्रतिको विभेद कायम रहेको छ। छोरा र छोरीबिच हुने विभेदको ज्वलन्त उदाहरणको रु...
श्री गढीमाई संवाददाता
कलैया ,बारा ।
२१ अौँ यूगमा पनि छोरा र छोरीप्रतिको विभेद कायम रहेको छ। छोरा र छोरीबिच हुने विभेदको ज्वलन्त उदाहरणको रुपमा मंसिर २५ गते बाराको अार्दश कोतवाल गाउँपालिका वडा नम्बर -६ मा सडक छेउमा परालमा छोपिएको बालिकाको घटनाले प्रष्ट भएको मानवअधिकारकर्मी एवम् राष्ट्रिय महिला अायोगकि बारा र पर्साकि फोकल पर्सन लक्ष्मीकुमारी उप्रेतीले बताईन ।समाजमा छोरा र छोरीबिच विभेदका सिकार एउटा बालिका भएकि हुन ।किनकि बालक अर्थात छोरा भएको भए यस्तो हुन सक्ने मानवअधिकारकर्मी उप्रेतीले बताईन ।यो खबर सुनेर अाफूले देशमा मानवता हराएको त्यस्ता अामाहरुले छोरीहरुलाई कंलकित बनाउदै लगेको प्रति अाफू मर्माहत भएको मानवअधिकारकर्मी उप्रेतीले बताईन ।श्री गढीमाई राष्ट्रिय दैनिकलाई संक्षिप्त प्रतिक्रिया दिदै भनिन् अहिले समाजमा भईरहेको गतिविधि प्रति राष्ट्रिय महिला अायोगले पनि गम्भीरताका साथ काम गरिरहेको र अनुसन्धानात्मक कार्यको सुरुवात समेत भईसकेको मानवअधिकारकर्मी उप्रेतीले बताईन ।त्यस्ता अामा नै अामा नै दुष्ट भएको र एउटा अबोध बालकसँग खेलवाड गर्नु चानचुने कुरा नभएको मानवअधिकारकर्मी एवम् राष्ट्रिय महिला अायोगकि बारा र पर्साकि फोकल पर्सन लक्ष्मीकुमारी उप्रेतीले बताइन।ती बालिकाप्रति अधिकाँशको ध्यान केन्दि्रत भएको छ ।श्री गढीमाई राष्ट्रिय दैनिक पत्रिकाले ती भेटिएकि बालिकाको लागि केही अभियान समेत चलाएका छन् ।सुरक्षित ठाउँमा बालिकालाई राख्न सबैले अाफूबाट हुने सहयोग गरिने प्रतिबद्धता समेत जनाएका छन् ।


COMMENTS