Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

पौरखी थारु महिला : गृहस्थी र खेतीकिसानी सँगसँगै

२२ मंसिर, दाङ । घोराही उपमहानगरपालिका-६ चोरगाउँकी रामकृष्णा चौधरीको दिनचर्या बिहानै झिसमिसेबाटै शुरु हुन्छ । बिहान ४ बजेतिर उठेपछि उनी छिटुव...

२२ मंसिर, दाङ । घोराही उपमहानगरपालिका-६ चोरगाउँकी रामकृष्णा चौधरीको दिनचर्या बिहानै झिसमिसेबाटै शुरु हुन्छ । बिहान ४ बजेतिर उठेपछि उनी छिटुवामा तरकारी राख्छिन् । टाउँकोमाथि छिटुवा राखेको तरकारी बोकेर दैनिक एक घण्टा हिँड्दै  उनी तरकारी बेच्न घोराही बजार आइपुग्छिन् । तरकारी बोकेर शहरबजार डुलाउँछिन् । घर-घर पुग्छिन् ।

उनीजस्तै दाङका थारु समुदायका अधिकांश महिलाहरुको दिनचर्या यसरी नै चल्छ । आफ्नो खेतबारीमा काम गर्नु, तरकारी फलाउनु अनि बजारमा लगेर बेचेर घरव्यवहार चलाउनु ।

रामकृष्णा भन्छिन्, ‘तरकारी कहिले बाटोमै बिक्री हुन्छ, त्यति डुलाइराख्नु पर्दैन । कहिले त बिक्री नै हुँदैन । बजारभरि डुलाउनुपर्छ ।’

रामकृष्णाले स्कुल गएर पढ्न पाइनन् । तर पनि सामान्य लेखपढ र हिसाबकिताब गर्न भने उनलाई आउँछ । ‘पढ्ने मन भएर के गर्ने ? त्यसबेला बुबा-आमाले सानैमा बिहे गरिदिए,’ उनले भनिन्, ‘अहिले लाग्छ, पढ्ने पाएकी भए खुब पढ्थे हुँला ।’ सामान्य लेखपढ र हिसाबकिताब गर्न उनले छोराछोरीबाट सिकेकी हुन् ।

रामकृष्णाले कृषिबाटै घरगृहस्थी चलाएकी छन् । थारु समुदायका अन्य महिला जस्तै उनी पनि आफैं खेतबारीमा खटिएर तरकारी उब्जाउँछिन् । र, हरेक बिहान झिसमिसेमै तरकारीको भारी बोकेर बजारसम्म पुर्‍याउँछिन् ।

तरकारी बेचिसकेपछि घर फर्किएर घरधन्दा गर्नु उनको अर्को नियमित कर्म हो । ‘अहिले त सन्तान हुर्किए । उबेला तरकारी बेचेर घर फर्किएपछि खाना बनाउनदेखि स्कुलसम्म पठाउने सबै गर्नुपथ्र्याे,’ उनले भनिन् ।

बिहानको घरधन्दा सकेपछि रामकृष्णा फेरि खेतबारीमा कोदालो लिएर पुग्छिन् । तरकारी गोडमेल गर्छिन् । बिहान तरकारी बेच्न बजारसम्म पुग्दा होस् कि खेतबारीमा दिनभर खटिँदा उनी घाम, पानी केही भन्दिनन् ।

तरकारी बेचेरै उनले आफ्ना सन्तान हुर्काइन् । ‘घरमा चाहिने नुन, तेल सबै यही पैसाले जोहो हुन्छ,’ उनले भनिन्, ‘तरकारी बेचेरै तीन सन्तान पढाएँ, हुर्काएँ,’ उनले भनिन् ।

उनी अगाडि भन्छिन्, ‘हाम्रो समुदायका सबै दिदिबहिनीको दिनचर्या यस्तै छ । कृषिमा खेती गरेर घर धानेका छन् । केही नगरी कोही बस्न सक्दैनन् । फुर्सद भयो कि खेतबारीमा पुगिहाल्छौं ।’

उनी जस्तै दाङका अधिकांश थारु महिला जो पढ्ने, लेख्ने अवरबाट वञ्चित भएपनि पुख्र्यौली पेशा कृषिलाई आफ्नो मूल कर्म बनाएका छन् ।

घोराही उपमहानगरपालिका-१६ की अनिता चौधरीको पनि दिनचर्या रामकृष्णाकै जस्तो छ । पढ्न लेख्न नपाएकी उनी पनि वर्षभरि आफ्नो खेतबारीमा उब्जाएका तरकारी बेचेरै घरव्यवहार चलाउँछिन् ।

कुन सिजनमा कस्तो तरकारी लगाउने, के कस्ता विषादी प्रयोग गर्ने वा नगर्ने, कति बाली लगाउँदा कति उत्पादन हुन्छ ? यी सबै कुरामा उनी जानकार छिन् ।

अनिताका श्रीमान् पनि सँगै खेतबारीमा खटिन्छन् । उत्पादन गरेका तरकारी बिहानै ६ किलोमिटर टाढाको बजारमा लगेर बेच्छिन् । तरकारी बोकेर जाँदा उनी पैदलै जान्छिन् । ‘तरकारीको बोकेर जाँदा अँध्यारो हुन्छ । कहिलेकाहीं त डर पनि लाग्छ,’ उनी भन्छिन्, ‘तर हाम्रो कर्म यही हो । आमादेखि हामीले पनि यही गर्दै आयौं ।’

अनिताले पनि खेतीकिसानी गरेरकै आफ्ना सन्तानलाई हुर्काइन्, राम्रो शिक्षादीक्षा दिइन् । खेतीपातीसँगै घरको सम्पूर्ण काम उनी हेर्छिन् ।

उनलाई तरकारी बजारका विषयमा पनि राम्रो जानकारी छ । कुन तरकारी कति वा कसरी बेच्ने भन्ने उनले बुझेकी छन् ।

रामकृष्णा र अनिता त प्रतिनिधि पात्र हुन् । उनीहरुजस्तै दाङका थअधिकांश थारु समुदायका महिलाको कृषि नै मूल कर्म हो । खेतबारीमा खट्नु, अन्नबाली र तरकारी उब्जाउनु, अनि बजारमा पुर्‍याएर बेचेर गर्जो टार्नु । यो उनीहरुको दैनिकी नै हो ।



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content