श्री गढीमाई राष्ट्रिय दैनिक
कलैया ,बारा ।
"बाराको संतगज -बरियारपुर सडक खण्डको कालोपत्र हुदै "
बाराको सुवर्ण गाउँपालिका वडा नम्बर -३ संतगज देखि महागढीमाई नगरपालिका वडा नम्बर -२ को ईनर्वा चौक सम्मको संतगज बरियारपुर सडक खण्डको कालोपत्रको काम भईरहेको छ ।संतगज देखि बरियारपुर सडक खण्ड १०.५ किलोमिटरको काम दुई ठेकेदार लिएका छन् ।संतगज देखि हर्दिया सम्म एक ठेकेदार र हर्दिया देखि बरियारपुर सम्म जयराम ढकाल भन्ने ठेकेदारले ठेक्का लिएका छन् ।ठेकेदार ढकालले लिएको सडकको काममा कालोपत्र भइरहेको स्थानीय व्यापारी चन्देश्वर प्रसाद यादवले बताउनुभयो ।धेरै धुलो उडन थालेपछि स्थानीय यूवा ,व्यापारी ,समाजसेवी लगायतका विरोध प्रदर्शन गरेपछि ठेकेदार ढकालले काम सुरु गरेको स्थानीयबासीले जानकारी दिएका छन् ।जनताले गरेको विरोध गरेकै कारण समयमा काम हुन थालेको सो साइड हेर्ने ,हुलाकी राजमार्ग कार्यालयका ,सुपरवाईजर रमेश हजरा दुसाधले बताउनुभयो ।ठेकेदार जयराम ढकाललाई झक झकाएपछि काम छिटो हुन गएको यसमा सबैको त्यति नै योगदान रहेको सुपरवाईजर दुसाधले बताउनुभयो।समय भन्दा ढिला भएपनि अहिले का भईरहेकोले अाफुहरु खुशी नै भएको सुवर्ण गाउँपालिका वडा नम्बर -८ भिस्वा चौकका यूवाहरुले बताएका छन् ।
प्रतिक्रिया