Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

हिन्दू परिषद नेपालको राष्ट्रिय सम्मेलन एवं प्रशिक्षण कार्यक्रम सुरु

 श्री गढीमाई संवाददाता वीरगंज, ०९ पुस । हिन्दू परिषद नेपालले वीरगंजमा दुई दिने राष्ट्रिय सम्मेलन एवं प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरेको छ ...

 श्री गढीमाई संवाददाता

वीरगंज, ०९ पुस ।

हिन्दू परिषद नेपालले वीरगंजमा दुई दिने राष्ट्रिय सम्मेलन एवं प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरेको छ ।

परिषदले शुक्रवार देखि सोल्टी गार्डेन होटल एण्ड पार्टी पैलेसमा एक भव्य समारोहका बिच भारतका मधुमुनि गुरु, नेपालका धर्मपाल गुरु, संयुक्त जनआन्दोलन मोर्चाका अध्यक्ष तारानाथ लुईटेल, बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, पूर्व डिआईजी कृष्णभत्त ब्रह्मचार्यले संयुक्त रुपमा पानसमा बत्ति बाली र गमलामा पानी हाली कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।

उदघाटन शत्रमा सम्बोधन गर्दै अतिथिहरुले नेपाललाई विदेशीको ईसारामा धर्मनिरपेक्ष घोषणा गरिए पनि अब नेपाल छिटै हिन्दू राष्ट्र घोषणा हुने विश्वास व्यक्त गरेका थिए । नेपालमा ८२ प्रतिशत ओमकार हिन्दू समुदाय रहे पनि विदेशीको लोभमा परि केही राजनीतिकदलका नेताहरुले धर्मनिरपेक्ष घोषणा गराएका हुन् । अब सम्पूर्ण नेपालीहरु एकजुट भई नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्नेमा जोड दिएका थिए । 

नेपाल धर्मनिरपेक्ष घोषणा भए देखि नै हिन्दू धर्ममाथि बारम्बार आक्रमण भईरहेकोले अब सम्पूर्ण हिन्दूहरु एकजुट भएर कडा संघर्ष गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए । नेपालीहरुको पहिचान स्थापित गराउनका लागि पनि नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नु पर्नेमा जोड दिदै हिन्दूहरुलाई बलजफ्ती अन्य धर्ममा रुपान्तरण गर्न केही दलालहरु लागेकोले त्यस्ता दलालहरुलाई समयमै अगाह गर्न आग्रह गरेका थिए । क्रिश्यचन, मुस्लिम धर्मका केही व्यक्तिहरुले नेपालमा रहेका गरिब, असहाय परिवारलाई पैसाको लोभ देखाई धर्म परिवर्तन गराउन दिनरात प्रयास गरिरहे पनि त्यस्ता कुतत्वहरुलाई समाजबाट बहिस्कार तथा सरकारले पनि त्यस्ता व्यक्तिहरुलाई कडा भन्दा कडा कारवाही गर्नु पर्नेमा जोड दिएका थिए ।

उदघाटन कार्यक्रम पश्चात बेलुका ५ बजे देखि ८ बजे सम्म धार्मिक सांस्कृतिक कार्यक्रम हुने जनाईएको छ । त्यसैगरी भोली १० गते बिहान देखि प्रशिक्षण तथा हिन्दू धर्म संस्कृतिमाथि योग्दान पु¥याएका व्यक्तिहरुलाई सम्मान गरिने जनाईएको छ । 

परिषद्का राष्ट्रिय अध्यक्ष संतोष पटेलको अध्यक्षतामा भएको उदघाटन शत्रमा बुटवलका बरिष्ठ समाजसेवी एवं उद्योगी मनोज मित्तल, बरिष्ठ समाजसेवी जगरनाथ प्रसाद कुर्मी, ज्येष्ठ नागरिक समाज पर्साका सचिव नरेन्द्र तिवारी, सावित्रि माता, आरती माता, कालि माता, सुनसरीका दिपक महराज आतरे, सनातन संस्कृति समाजका महासचिव पुष्पराज पराजुली, समाजिक अभियनता अगनी भुसाल, ब्रह्मकुमार गोकुल, केन्द्रिय कोषाध्यक्ष संजय सर्राफ, केन्द्रिय सदस्य रमेश रौनियार, सुरेश साह कानु, लालबाबु प्रसाद कुर्मी, विनोद प्रसाद कुर्मी, चित्रञ्जन श्रीवास्तव, पिंकी महासेठ, अरुण झा, सुनिता रौनियार, सजना खतिवडा, पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल, बारा जिल्ला अध्यक्ष गोपाल बाबा, जनकपुर जिल्ला अध्यक्ष सत्रुध्न साह, रौतहट जिल्ला उपाध्यक्ष रंजित पटेल लगायत बारा, पर्सा जिल्लाका नगर कमिटि, वडा कमिटिका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो । सो कार्यक्रममा देशका ७२ जिल्लाबाट करिब ५ सयको सहभागीता रहेको थियो ।

परिषद्का केन्द्रिय उपाध्यक्ष बिजय गुप्ताले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन कृष्ण कान्त झाले गरेका थिए । कार्यक्रममा पंडित सचितानन्द दुबेले स्वस्तिक वाचन गरेका थिए ।

कार्यक्रममा भारत एवं नेपालका विभिन्न धर्मगुरु, पुजारी, हिन्दूवादी अगुवाहरू डा. चिन्तामणी योगी, डा. सुरेन्द्र भण्डारी, धर्मपाल गुरु, डा. दिपक शाक्य, प्रोफेसर बासु कर्ण, अरबिन्द श्रेष्ठ लगायतकाले प्रशिक्षण दिनु हुने जनाईएको छ ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content