सम्पादकीय ।
राजनीतिमा युवा
राजनीतिमा युवाहरु कमै अाएका छन् ।देशको कुल यूवाको गणना गर्ने हो भने यूवाको संख्या राजनीतिमा थोरैमात्र रहेको छ ।हालै नेकपा एमालेको १० अौँ महाधिवेशन सम्पन्न भएको छ ।अहिले नेपाली काँग्रेसको १४ अौँ महाधिवेशन चल्दैछ ।दुवै दलमा यूवाको भूमिको कतिको हो नेतृत्व थाहा भईरहेको छ ।नेकपा एमालेमा त्यहीँ पुरानो अनुहार राखेर १० अौँ महाधिवेशन चितवनमा सम्पन्न भयो ।त्यहीँ खेल अर्थात त्यहीँ पुरानो अनुहार नेपाली काँग्रेसकको १४अौँ महाधिवेशनमा देखा परेको छ ।दुर्गन्धित राजनीतिका कारण यस्तो अवस्था अाएको छ ।देशको प्रमुख राजनीति दलका नेतालाई सर्व मान्य मानिरहेका छन ।देशलाई सुन्दर ,शान्त ,राजनीति हस्तक्षेप मुक्त र लोककल्याणकारी राज्य निर्माणका दृढ चाहना ,अटल भावना ,सवाभिमान र ईमानदार यूवाहरु समुह राजनीतिमा प्रवेश गरेनन् भने यस्ता बुढापाकाले देशलाई बिगाडि रहन्छन् ।यूवाहरुलाई ईज्जत् र सम्मानको डर हुन्छ तर यी बुढेसकाल लागि सकेका नेताको जोश हराएपनि पदमा जान्न लोलुपत्ता देखाइ रहेका छन् ।यूवाले देशको बागडोर न समातेसम्म यस्तै भईरहन्छन् ।दशौँ लामो समयदेखि नेपालको अवस्था नाजुक बन्दै गएका छन् ।शैक्षिक बेरोजगार दिनप्रतिदिन बढदै गएका छन् ।तर सरकार काँध हात राखेर बसेका छन् ।यी दुवै दल नेपाली काँग्रेस र नेकपा एमालेमा के भिजन छ ,यूवालाई समेटने ।अाधार दुवै दलसँग छैन विगत लामो शासन गरेका नेपाली काँग्रेस र बेला बेलामा सरकारमा गएका नेकपा एमालेले यूवा लक्षित कार्यक्रम ल्याएर कागजमा थन्काएका छन् ।तर कार्यान्वयन गराउन सक्दैन।यूवाले नै देशमा अामुल्य परिवर्तन भएको छ ।२०६२/०६३को दोस्रो जन अान्नदोलनमा यूवाहरुले निभाएको भूमिका सराहनीय रहेका छन् ।त्यसैले सबै दलमा यूवा अाएभने यूवाको समस्या समाधान हुनेछ ।
राजनीतिमा छानौँ यूवा ,नेतृत्वमा छानौँ यूवा ।
जय राष्ट्र ,जय गढीमाई ,जय जनता ।
प्रतिक्रिया