Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

राप्रपा पदाधिकारीमा थापा पक्षको बर्चश्व, कसले कति मत पाए ?

१९ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ कार्यसमितिको पदाधिकारीमा कमल थापा पक्षले बर्चश्व जमाएको छ । अध्यक्ष पदमा ...

१९ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ कार्यसमितिको पदाधिकारीमा कमल थापा पक्षले बर्चश्व जमाएको छ । अध्यक्ष पदमा भने थापा राजेन्द्र लिङ्देनसँग पराजित भएका छन् ।

निर्वाचन समितिका अनुसार लिङ्देन १ हजार ८ सय १७ मत पाएर अध्यक्षमा विजयी हुँदा कमल थापाले १ हजार ६ सय १७ मत पाएका छन् ।

राप्रपाका चार उपाध्यक्षमध्ये तीन उपाध्यक्ष थापा पक्षका विजयी भएका छन् । यसैगरी तीन महामन्त्रीमा दुई जना थापा पक्षका उम्मेदवार विजयी भए ।

खुला उपाध्यक्षमा पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ र ध्रुव बहादुर प्रधान तथा महिला उपाध्यक्षमा रोशन कार्की विजयी भएका छन् । तामाङ र प्रधान थापा पक्षका हुन् । खुला उपाध्यक्ष पदमा सर्वाधिक मत पाएर विजयी विक्रम पाण्डे भने थापा र लिङ्देन दुवै पक्षबाट स्वीकार्य उम्मेदवार थिए । महिला उपाध्यक्ष कार्की पनि थापा पक्षबाटै चुनाव लडेकी थिइन् ।

खुला महामन्त्रीमा डा. धवल शम्सेर राणा र भुवन कुमार पाठक विजयी भएका छन् । राणा लिङ्देन पक्षका र पाठक थापा पक्षका हुन् ।

महिला महामन्त्रीमा विजयी कुन्ती शाही पनि थापा पक्षकै हुन् । महिला महामन्त्रीमा लिङ्देन पक्षबाट रेखा थापा उम्मेदवार थिइन् ।

राप्रपा को-को विजयी भए ?

राप्रपाको अध्यक्ष पदमा विजयी लिङ्देनले १ हजार ८ सय १७ मत पाउँदा कमल थापाले १ हजार ६ सय १७ मत पाएका छन् ।

खुला उपाध्यक्षमा विक्रम पाण्डे २ हजार ५ सय २१ मतसहित विजयी भएका छन् । बुद्धिमान तामाङले १ हजार ९ सय ४४ र ध्रुवबहादुर प्रधानले १ हजार ८ सय १४ मत पाएका छन् ।

महिला उपाध्यक्षमा रोशन कार्की १ हजार ५ सय ८९ मत सहित विजयी भएकी छन् । महिला उपाध्यक्षका अन्य उम्मेदवार लिलादेवी श्रेष्ठले १ हजार ५४ र दुर्गा श्रेष्ठले ४ सय ५ मत पाए ।

यसैगरी खुलातर्फ दुई जना महामन्त्रीमा डा. धवल शम्सेर राणा र भुवन कुमार पाठक विजयी भएका छन् । महिला महामन्त्रीमा कुन्ती शाही निर्वाचित भइन् । महामन्त्रीमा निर्वाचित पाठक र शाही थापा पक्षका हुन् भने राणा लिङ्देन समूहका हुन् ।

नेपालगञ्ज महानगरपालिकाका मेयरसमेत रहेका राणा राणा २ हजार २ सय २१ मतसहित विजयी भएका छन् । यसैगरी पाठक १ हजार ७ सय ५ मतसहित विजयी भएका छन् ।

खुला महामन्त्रीमा चुनाव लडेका भाष्कर भद्राले १ हजार ५ सय ६७ र श्याम प्रसाद तिमिल्सिनाले १ हजार ६१ मत पाएका छन् ।

महिला महामन्त्रीमा कुन्ती शाही २ हजार ८ मतसहित विजयी हुँदा अर्का प्रत्यासी रेखा थापाले १ हजार ६ सय ४० मत पाइन् ।

कसले कति मत पाए ? हेर्नुस् नतिजा

 



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content