२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुरु हुन दुई दिन बाँकी छ । तर महाधिवेशन शुरु नहुँदै काठमाडौंको भृकुटीमण्डपमा नेताहरुले आफ्नो प्रचार प्रसार शुरु गरिसकेका छन् ।
१४ औं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिने आकांक्षा राखेका नेताहरुले आफ्नो प्रचार सामग्री र ब्यानरहरु भृकुटीमण्डपमा झुण्ड्याउने र टाँस्ने गरिसकेका छन् । संस्थापन पक्ष र रामचन्द्र पौडेल पक्षले पदाधिकारी र केन्द्रीय सदस्य पदमा आफ्नो पक्षका उम्मेदवार तय गर्न नसके पनि कतिपय नेताहरुले आफूखुशी उम्मेदवारी घोषणा गरेका हुन् ।
नेताहरु प्रचारमा व्यस्त भइरहेका बेला भृकुटीमण्डपमा महाधिवेशन उद्घाटनस्थलको तयारी पनि तीव्र पारिएको छ ।
हेर्नुस् तस्वीरहरु:
प्रतिक्रिया