Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

वागमती सरकारको न्युनतम साझा कार्यक्रम : चैतभित्र सबैलाई खोप

१६ मंसिर, काठमाडौं । वागमती प्रदेशको सत्तारुढ गठबन्धनले सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । वागमती प्रदेश सरकार सञ्चालन समन्व...

१६ मंसिर, काठमाडौं । वागमती प्रदेशको सत्तारुढ गठबन्धनले सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । वागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले बिहीबार मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई वागमती प्रदेश सरकारको न्युनतम साझा कार्यक्रम बुझाएको छ ।

न्युनतम साझा कार्यक्रममा प्रदेश सरकारको मुख्य प्राथमिकता कोभिड–१९ को महामारीबाट प्रदेशबासी नागरिकको जीवन रक्षा गर्नु रहेको उल्लेख गरिएको छ । त्यस्तै संघीयताको कार्यान्वयनका लागि प्रदेश सरकारका माध्यमबाट सशक्त पहल गर्ने, संविधानले तोकेको क्षेत्रात्रिकार बमोजिम प्रदेशको अधिकार उपयोग गर्ने र स्थानीय तहको हस्तान्तरण गर्ने विषय पनि न्युनतम साझा कार्यक्रममा समेटिएको छ ।

न्युनतम साझा कार्यक्रममा गणस्तरीय शिक्षा र स्वास्थ्यमा आम नागरिकको पहुँच पुर्‍याउने विषय पनि उल्लेख गरिएको छ ।

चैत मशान्तसम्म खोप लगाउन योग्य सबै नागरिकलाई खोप दिने लक्ष्य राखिएको छ । त्यस्तै प्रदेश अस्पतालहरुको सुदृढिकरण गरी कोभिड–१९ को उपचार र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, कोभिड–१९ को उपचारमा खटिएका नागरिकलाई प्रोत्साहन भत्ता निरन्तरता दिने पनि न्युनतम साझा कार्यक्रममा उल्लेख गरिएको छ ।

न्युनतम साझा कार्यक्रममा प्रदेश प्रहरी समायोजन गरी प्रदेश प्रहरी सञ्चालन गर्ने, प्रदेशको शान्ति सुरक्षा र सुव्यवस्था कायम राख्न प्रदेश अनुसन्धान व्यूरो गठन गर्ने पनि उल्लेख गरिएको छ ।

त्यस्तै संघ, प्रदेश र स्थानीय तहको विकास कार्यक्रममा तालमेल ल्याउनृ र तल्लो तहदेखि जनता र जनप्रतिनिधिहरुको भावना समेट्ने गरी योजना तर्जुमा प्रणलीको व्यवस्था गर्ने पनि सत्तारुढ गठबन्धनको संकल्प छ ।

न्युनतम साझा कार्यक्रम बुझ्दै मुख्यमन्त्री पाण्डेले न्युनतम साझा कार्यक्रममा आधारित रहेर सरकार सञ्चालन गर्ने बताए ।

हेर्नुहोस् न्युनतम साझा कार्यक्रम



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content