Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

इन्द्रसरोवर : आन्तरिक पर्यटकको दुई रातको गन्तव्य

२ मंसिर, हेटौंडा । मकवानपुरको इन्द्रसरोवरमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । रमणीय वातावरणमा रमाउँदै डुङ्गा र मोटरबोट सयर गर्न जिल्ला भित्र...

२ मंसिर, हेटौंडा । मकवानपुरको इन्द्रसरोवरमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । रमणीय वातावरणमा रमाउँदै डुङ्गा र मोटरबोट सयर गर्न जिल्ला भित्र र बाहिरबाट प्रशस्त पर्यटक आउने गरेका छन् । पर्यटकको संख्या बढेपछि स्थानीयले खियाउँदै आएको काठे डुङ्गाले आम्दानी गर्न थालेको छ ।

इन्द्रसरोबर गाउँपालिका-१ का अध्यक्ष जमानसिंह वाइबाले भने, ‘अहिले तालमा पानीको मात्रा निकै बढेसँगै सुन्दरता पनि थपिएको छ, अहिले दुई रात बिताउनका लागि जिल्ला भित्र र बाहिरका पर्यटक आउने क्रम बढेको छ ।’ इन्द्र सरोबर क्षेत्रमा पर्यटकको बसाइँ लम्बाउनेलगायतका थप योजना पनि गाउँपालिकाले बनाइरहेको उनले जानकारी दिए ।

अहिले इन्द्रसरोबरमा सयर गर्न आउनेको संख्या दैनिक पाँच सय जनाभन्दा धेरै रहेको स्थानीयको अनुमान छ । पर्यटकहरु तराईका जिल्लाबाट दामन, चित्लाङ हुँदै मार्खुको इन्द्रसरोबर पुग्छन् भने काठमाडौंबाट चित्लाङ हुँदै तालमा पुग्ने गर्दछन् । पर्यटकहरु मोटरबोट र डुङ्गा चढेर थाहा नगर र इन्द्रसरोबरको सिमानामा रहेको मोहिनी झरना हेर्न जान्छन् ।

अन्य दिनहरुभन्दा शुक्रबार र शनिबार पर्यटकहरुको भिड बढ्ने इन्द्रसरोवर डुङ्गा व्यवसायी संघ कुलेखानीका उपाध्यक्ष प्रविण श्रेष्ठले बताए । ‘बिदमको समयमा होटलमा आगन्तुक राख्न सक्ने अवस्था हुँदैन, पर्यटकहरु आगो बालेर बाहिरै रमाउने गर्दछन्’ उनले भने । काठमाडौं, हेटौंडा, बाराको सिमरा, पर्सा, चितवन, रौतहट लगायतका जिल्लाबाट पर्यटकहरु आउने गरेको उनले बताए ।

गाउँलेको शेयर लगानीमा डुङ्गा

पर्यटकको आकर्षण बढेपछि अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएका डुङ्गाहरु व्यवस्थित रुपमा सञ्चालन गर्न स्थानीय एकजुट भएका छन् । गाउँका ३ सय ५४ घरधुरीको शेयर लगानीमा अहिले मोटरबोट र काठे डुङ्गा सञ्चालन गरिएको छ ।

पहिले स्थानीय वारपार गर्न, तालमा पालिएका माछालाई दाना हाल्न प्रयोग हुने डुंगाले अहिले आन्तरिक पर्यटकहरुलाई सयर गराएर दैनिक एक हजार रुपैयाँसम्म कमाउने गरेको इन्द्रसरोवर डुङ्गा व्यवसायी संघ कुलेखानीका उपाध्यक्ष प्रविण श्रेष्ठले बताए । उनले भने, ‘पहिले डुंगा न्युनतम आवश्यकता थियो, अहिले रोजगारीको पनि बाटो बनेको छ ।’

संयुक्त रुपमा बोट सञ्चालन समिति मार्फत ३ वटा मोटरबोट र १५ वटा काठको डुङ्गा सञ्चालन भैरहेको उपाध्यक्ष श्रेष्ठले बताए । बोट र डुङ्गा सञ्चालनका लागि १७ जना कर्मचारीहरुलाई रोजगारी दिइएको छ । बिदाको समयमा १० जना दैनिक ज्यालादारीमा कर्मचारी राख्ने गरेको उनले बताए ।

समितिले लाइफ ज्याकेटको प्रवन्ध सहित तालमा सयर गराउने गरेको छ । पर्यटकलाई १ लाख रुपियाँ बराबरको दुर्घटना बिमाको व्यवस्था गरिएको छ ।

पौडी खेल्न जान्नेका लागि र्‍याफ्टिङ् बोट, काइट बोट, बनाना बोट सञ्चालनमा रहेको संघले जनाएको छ । उक्त बोट सञ्चालनका लागि घण्टाको २ हजार रुपैयाँ बराबर पर्दछ । काठको डुङ्गामा छोटो दुरीको यात्राका लागि १ सय १०, ठूलो आइल्याण्डसम्म पुगेर र्फकनका लागि १ सय ६० रुपियाँ लाग्दछ ।

इन्द्रसरोबर ताल ७ किलोमिटर लम्बाइ र ५ सय मिटर चौडाइमा फैलिएको छ ।



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content