Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

प्रधानन्यायाधीश जबरालाई श्रेष्ठको आग्रह- आफ्ना विचौलिया नियन्त्रणमा राख्नुस्

२८ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले विचौलियाहरूलाई नियन्त्रणमा राख्न प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जब...

२८ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले विचौलियाहरूलाई नियन्त्रणमा राख्न प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई आग्रह गरेका छन् ।

सर्वोच्चको भित्रपट्टीबाट मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै श्रेष्ठले आफ्ना विचौलियालाई नियन्त्रणमा राख्न जबरालाई आग्रह गरेका हुन् ।

उनले प्रधानन्यायाधीश जबरालाई कानुन व्यवसायीको आन्दोलनमा बिचौलिया घुसपैठ गराएर आन्दोलन असफल पार्ने चेष्टा नगर्न आग्रह पनि गरे । उनले भने, ‘तपाईंका बिचौलिया नियन्त्रणमा राख्नुस् । घुसपैठ गराएर आन्दोलनलाई असफल पार्ने चेष्टा नगर्नुस् ।’

दुई सातादेखि आन्दोलनरत कानून व्यवसायीहरूले आज पनि सर्वोच्च अदालतको गेटमा धर्ना दिएका छन् । गत शुक्रबार अदालतको बाहिरबाट मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायीहरु आज भने अदालत भित्रैपट्टीबाट मूल गेटमा धर्नामा छन् । आन्दोलनको विरोधमा रहेका प्रधानन्यायाधीश जबराका समर्थकहरुले भने बाहिरबाट प्रदर्शन गरिरहेका छन् ।

गत शुक्रबार पनि प्रधानन्यायाधीश जबरालाई प्रवेशमा रोक लगाउने उद्देश्यले कानून व्यवसायीहरूले प्रदर्शन गरेका थिए । तर प्रधानन्यायाधीश जबरा अर्को गेटबाट सर्वोच्च अदालतभित्र प्रवेश गरेका थिए ।

मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ । तर प्रधान्यायाधीश जबराले राजीनामा नदिने अडान राख्दै आएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरु पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने पक्षमा छन् । जबराको विरोधमा रहेका न्यायाधीशहरू उनले तोकेको इजलासमा पनि बसेका छैनन्  ।



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content