Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

कैलालीमा युवकको हत्या प्रकरण : सीआईबीको टोलीले थाल्यो अनुसन्धान

२९ कात्तिक, धनगढी। कैलालीमा युवकको हत्या भएको घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान शुरू गरेको छ। सोमबार ...

२९ कात्तिक, धनगढी। कैलालीमा युवकको हत्या भएको घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान शुरू गरेको छ।

सोमबार कैलाली पुगेको सीआईबीका प्रहरी निरीक्षक (इन्सपेक्टर) नेतृत्वको टोलीले काम थालेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए।

प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको संयुक्त अनुसन्धान टोलीलाई सुक्ष्म अनुसन्धान र प्राविधिक पक्षमा सीआईबीको टोली सघाउनेछ । उक्त टोलीमा सीआईबीका प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक गरेर दुई जना अधिकृत छन्।

गत २३ गते कैलालीको टीकापुर नगरपालिका-१ सिद्धार्थ होटल नजिकै लम्कीचुहा नगरपालिका-१ का भूपेन्द्र बडुवालको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो।

उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेर अनुसन्धान गरिररहेको छ । मुख्य योजनाकार भनिएका चिसापानीका नवीन रावलसहितका ७ जना आरोपी अझै फरार रहेकाले उनीहरूको खोजी जारी राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लम्की टीकापुर क्षेत्रमा विगतदेखि अपराधीक गतिविधिमा संलग्न हुँदै आएको गिरोहले बडुवालको हत्या गरेकाले प्रहरीले संगठीत अपराध अन्तर्गत यो घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content