Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

रेबिज विरूद्धकाे इम्युनाेग्लाेबुलिन सेवा सातै प्रदेशमा विस्तार

२ मंसिर, काठमाडौं । सरकारले रेबिजविरूद्ध लगाइने इम्युनाेग्लाेबुलिन एण्टीबडी सातै प्रदेशमा विस्तार गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री...

२ मंसिर, काठमाडौं । सरकारले रेबिजविरूद्ध लगाइने इम्युनाेग्लाेबुलिन एण्टीबडी सातै प्रदेशमा विस्तार गरेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विराेध खतिवडाले मन्त्रालयमा बिहीबार आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै इम्युनाेग्लाेबुलिन सेवा सातै प्रदेशमा विस्तार गरेकाे जानकारी दिए । “मंसिरकाे पहिलाे साताबाट सात प्रदेशका ९ अस्पतालमा याे सेवा विस्तार गरेका छाैं, पछि आवश्यकता अनुसार अरू अस्पतालमा पनि थप्छाैं” उनले भने ।

यसअघि इम्युनाेग्लाेबुलिन सेवा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा राेग अस्पतालमा मात्र थियाे । जसमा कारण उपत्यका बाहिर रहेका बिरामी सेवा लिन छुट्थे । याे बाध्यता अन्त्य गर्न नियमित कार्यक्रम मार्फत सेवा विस्तार गरिएकाे मन्त्री खतिवडाले बताए ।

ईपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखाका अनुसार नेपालमा वार्षिक १ सय  जना रेबिज भएका बिरामी अस्पताल पुग्छन् । जसमध्ये १० देखि २० जनाकाे वार्षिक मृत्यु हुने गरेकाे छ ।

ईपिडिमियाेलाेजी तथा राेग नियन्त्रण  महाशाखाका निर्देशक डाक्टर कृष्ण पाैडेलका अनुसार रेबिजबाट हुने मृत्यु जाेगाउनका लागि इम्युनाेग्लाेबुलिन एण्टीबडी दिइन्छ । यसलाई  विश्व स्वास्थ्य संगठनले अति आवश्यक औषधिकाे सूचीमा राखेकाे छ।

सरकारले २०३० सम्ममा रेबिजबाट हुने म‌ृत्युलाई शून्यमा झार्ने लक्ष्य लिएकाे छ । उक्त लक्ष्य पूरा गर्नकाे लागि पनि इम्युनाेग्लाेबुलिन दिनु परेकाे डा‍. पाैडेलले बताए । डा. पाैडेलका अनुसार काठमाडौंमा १ लाखभन्दा बढी कुकुर रहेका छन् । साेही कारण कुकुरले टाेकेर अस्पताल आउने मानिसहरकाे संख्या बढ्दाे छ ।

विश्व स्वास्थ्य संगठनले रेबिज विरूद्ध कुनैपनि खाेप नलगाएकाे र कुकुरले टाेक्दा गहिराे घाउ भएकाहरूलाई इम्युनाेग्लाेबुलिन दिने निर्देशिका बनाएकाे छ । याे रेबिजविरूद्वकाे एण्टीबडी हाे । याे जीवनमा एक पटक मात्रै दिइन्छ ।

हेर्नुहोस् इम्युनोग्लोबुलिन सेवा प्रदान गर्ने अस्पतालहरुको सूचीः



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content