नेपाली कांग्रेस देवताल गाउँपालिका वडा नम्बर ०१ बाट प्रतिनिधि सभा क्षेत्र नं २ को लागि क्षेत्रिय प्रतिनिधिको रुपमा प्रभात सिंह निर्वाचित भएका छन् । १४ औँ महाधिवेशनलाई मध्यनजर गर्दै वडामा बुधवार सम्पन्न अधिवेशनबाट सर्वसंवत रुपमा सिंहलाई क्षेत्रिय प्रतिनिधिको रुपमा चयन गरिएको हो ।
निर्वाचन अधिकृत बाबुराम यादव अनुसार सो वडामा रामनारायण शाह कानुको सभापतिमा चयन भएका छन् ।गठीत वडा समितिको उपसभापतिमा महबुब मिया , भुलन प्रसाद कलवार, सचिवमा रामअंग्या शाह , अशोक कुमार ,सह–सचिवमा बन्ति प्रसाद शाह , मुन्ना कुश्वाहा रहेका छन् ।
सदस्यहरुमा जोखु महतो , मनिलाल गुप्ता ,भैयाराम ठाकुर आदि रहेका छन् ।
त्यस्तै क्षेत्रिय प्रतिनिधिमा कमल राय यादव, बिरेन्द्र किशोर सिंह,शुभास प्रसाद , प्रभात सिंह , लगायत १५ जना प्रतिनिधि चयन भएका छन् ।
संबिधान सभा सदस्य रामअयोध्या यादवको उपस्तिथिमा भएको वडा अधिवेशनमा नेताहरु रामप्रवेश यादव , ललन यादव लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया