स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

भान्साको खर्च घटाउने विद्युतीय चुला

SHARE:

२ मंसिर, काठमाडौं । दिन प्रतिदिन पेट्रोलियम पदार्थ र ग्यासको बढ्दो मूल्यले नेपाली भान्सा महँगिएको छ । केही दिनअघि नेपाल आयल निगमले ग्यासको भाउ एकैपटक प्रतिसिलिण्डर ७५ रुपैयाँले बढायो । जसले नेपाली भान्सालाई झनै महँगो बनाएको छ ।

एकातिर आयातित ग्यासको भाउ बढ्दै गएको छ भने अर्कोतिर नेपालमै उत्पादित बिजुलीले बजार खोजिरहेको अवस्था छ । यसको लागि विद्युत प्राधिकरणले बुधबारदेखि विद्युतको आधारभूत शुल्कमा कमी पनि ल्याएको छ । तर, अब ग्यासको बढ्दो मूल्यको असरबाट बच्न के गर्ने ? जानकारहरू बढ्दो मूल्यवृद्धिलाई नियन्त्रण गर्न भान्सालाई विद्युतीकरण गर्न सकिने सुझाव दिन्छन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कार्यरत प्रकाश शर्मा ढकाल ग्यासको प्रयोगलाई नियन्त्रण गर्नको लागि विद्युतीय भान्साको अवधारणालाई अघि बढाउनुपर्नेमा जोड दिन्छन् । विद्युतको आन्तरिक खपत बढाउनको लागि विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहित गर्न जरूरी रहेको उनी बताउँछन् ।

एक सरकारी अध्ययन अनुसार खाना पकाउने ग्यासको विस्थापन गरी विद्युतीय चुलो प्रयोग गर्दा मात्र पनि कुल कार्बन उत्सर्जनमा ११ प्रतिशत कमी आउँछ भन्ने देखाएको छ । त्यसैले मूल्यवृद्धि नियन्त्रण एवं कार्बन उत्सर्जनको कमीको लागि पनि विद्युतीय चुलो सहयोगी हुने जानकारहरुको मत छ ।

विद्युतीय भान्साको लागि के-के छन् विकल्प ?

कुनै पनि विद्युतीय चुलो किन्दा त्यसको पावर रेट, प्रिसेट भ्यालु, सुरक्षाको लागि आवश्यक फिचर, चुलोको प्यान साइज लगायतका विषयलाई ध्यान दिनुपर्छ । बजारमा यस्ता अनेकथरी विद्युतीय चुलो पाउन सकिन्छ । एउटा कुकिङ प्लेटयुक्त विद्युतीय चुलोको बजार मूल्य एक हजार एक सय रुपैयाँदेखि शुरु हुन्छ । दुईवटा प्लेटयुक्त चुलो वा एउटै पनि बढीमा १८/२० हजार रुपैयाँसम्म पर्ने पनि बजारमा पाइन्छ । यसरी बिजुलीबाट खाना पकाउने अनेक सुविधायुक्त चुलोहरु बजारमा पाइन्छन् ।

मिनी हट प्लेट स्टोभ

अहिले बजारमा चलेका विद्युतीय स्टोभमध्ये मिनी हट प्लेट स्टोभ पनि एक हो । तीन हजारदेखि चार हजार रुपैयाँसम्ममा पाइने यस्तो चुलो एक किलो तौलको हुन्छ । यसमा एक हजारको दरमा दुईवटा गरी २ हजार वाटको विद्युत क्षमता रहेको २ वटा कुकिङ प्लेट रहेको हुन्छ ।

इण्डक्सन चुलो

इण्डक्सन चुलो २०७२ सालमा भारतले गरेको नाकाबन्दीको समयमा नेपाली बजारमा निकै फस्टाएको विद्युतीय चुलो हो । अहिले नेपाली बजारमा थरीथरीका इण्डक्सन चुलो पाइन्छ । जसको मूल्य ३ हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म पर्ने गर्छ । खाना पकाइरहँदा पनि बाहिर नतात्ने, डिस्प्लेमा लेखिएका मेनु सहजै पढ्न सकिने, छिटो खाना पकाउनको लागि २,१०० वाटसम्मको उच्च पावरयुक्त इण्डक्सन चुलो बजारमा पाइन्छ । यस्ता इण्डक्सन २२०-२४० भोल्टसम्मका हुन्छन् ।

इन्फ्रारेड चुलो

बजारमा इण्डक्सन जस्तै देखिने तर अलिकति फरक इन्फ्रारेड चुलो पनि पाइन्छ । यसमा हानिकारक रेडिएसन नहुने, सेन्सरमा टच सुविधा, चार घण्टाको टाइमर फङ्सन, हाइ टेम्प्रेचर प्यानलजस्ता सुविधा पाइन्छ । साथै, १० वर्षे बडी वारेन्टीको सुविधा पनि इन्फ्रारेड चुलो पाइन्छ ।

यो इण्डक्सन चुलोभन्दा फरक यसकारण पनि छ कि इन्फ्रारेड चुलोमा छुँदा करेन्ट लाग्दैन । यो चुलोले ग्यासमा जस्तो आगो उत्पादन गर्दैन । त्यसैले पड्किने वा आगो लाग्ने सम्भावना हुँदैन ।



प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: भान्साको खर्च घटाउने विद्युतीय चुला
भान्साको खर्च घटाउने विद्युतीय चुला
https://www.onlinekhabar.com/wp-content/uploads/2021/11/Mini-Hot-Plate-Stove.jpg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2021/11/blog-post_20.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2021/11/blog-post_20.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content